Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोंगबु हत्याकाण्ड रहस्यको पर्दा खुल्दै

काठमाडौं । काठमाडौंको गोंगबुमा भएको विभत्स हत्याकाण्डको रहस्यको पर्दा खुल्दै गएको छ । हत्या अभियोगमा पक्राउ परेकी महिला (कल्पना शाही) ले मृतकले सेक्सुअल ह्यारेसमेन्ट गरेकाले आवेशमा आएर हत्या गरेको प्रारम्भिक बयान दिएकी छन् । आफूले किला ठोक्न प्रयोग हुने ह्याम्मरले अण्डकोषमा प्रहार गरेर हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । नशालु औषधि खुवाएर बेहोस बनाएपछि ह्याम्मरले प्रहार गरेर हत्या गरेको बताए पनि शवलाई कसरी टुक्राटुक्रा बनाइयो, शव व्यवस्थापनमा कसले कसरी सहयोग गर्‍यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हत्यापछि जारी अनुसन्धानका विषयमा प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ । हत्यामा संग्लन रहेको आरोपमा सोमबार राती चितवनबाट १ महिला पक्राउ परेपछि प्रहरीले घटनाको थप अनुसन्धान थालेको हो । पक्राउ परेकी कल्पना शाहीलाई घटनास्थलमा लिएर घटनास्थलको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग भएका विभिन्न सामानसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार हत्यामा २ वटा खुकुरीको प्रयोग भएको पाइएको छ । टोखा नगरपालिका १० स्थित गोंगबु गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको शव वीभत्स रूपमा भेटिएको थियो ।