Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जुनसुकै विवादका समस्यामा आयोग बनायो, त्यो आयोगले दिएका प्रतिवेदन लियो थान्को लगायो, मान्छेको मूल्य १० लाख तोकेर लोकतान्त्रिक गणतन्त्रका विरुप चरित्र यस्तो बेला प्रदर्शन भएको छ । जुन बेला देशका ६० प्रतिशत कम्युनिष्ट प्रेमी जनता हात्ती पार्टीका लुटेरा कम्युनिष्टहरूबाट शोषित भएका छन् । जसको नीति त्यसको नेतृत्व भएको भए गणतन्त्रको १६ वर्षे संघीयता, गणतन्त्र र समावेशीताका प्रस्तावक शक्तिलाई साथ कसैले दिएन । काँग्रेस र एमाले रैथाने लुटाहा थिए । यिनलाई गणतन्त्र चाहिएकै थिएन । माओवादीको दश वर्षे जनयुद्धका कमाण्डर पनि रक्सी, युवती, तस्करी र भ्रष्टाचारमा डुबेका कारण परिवर्तनको संस्थागत भएन । गैर जिम्मवार पार्टीले देशको हित गर्दैन । अहिले प्रचण्ड सरकारलाई जनताका दर्जनौं समस्या थुपारिएका छन् । सरकार विवादका विषयमा आयोग बनाउँछ, राज्यस्रोत खर्च गर्छ, प्रतिवेदन बुझ्छ थन्क्याउँछ । सुन तस्करी, मिटरब्याज, विद्युत महसुल, एनसेलको कर, ललिता निवास, भुटानी शरणार्थी, बालकुमारी काण्ड, सिरहाको गोली काण्ड जस्ता अनगिन्ती काण्डको वर्षा यही एक डेढ वर्षमा भएका छन् । निजामती प्रशासनको लापरबाही, सवारी लाइसेन्स वितरणदेखि नेपाली बेरोजगार युवालाई भिजिट भिसामा विदेश पठाउने अध्यागमनको अपराधसम्म छानविन भएका छन् विज्ञ समूहको अनुसन्धानबाट प्राप्त रिपोर्ट कार्यान्वयन गराउन सरकार लाग्दैन । तर कम्युनिष्टको सरकारलाई बदनाम गर्न कम्युनिष्टहरू नै सक्रिय छन् । नेकपा एमालेलाई देशका आपराधिक काममा चासो छैन । केपी ओली प्रधानमन्त्री हुँदा कञ्चनपुरकी नाबालिका निर्मला पन्तको बलात्कार र हत्या हुँदा राजनीतिक संरक्षण पाएका कारण दोषी पत्ता लागेन । नेपाल ट्रष्टको सम्पत्ति सस्तोमा तस्करलाई सुम्पेर आफू धनाढ्य भएका एमालेका केपी ओली, ईश्वर पोखरेलहरूको सम्पत्ति बढेको बढेकै छ । कम्युनिष्टहरूलाई बढी रिस कम्युनिष्टकै छ । एमाले आफूमात्र ठिक अरु बेठिक भन्ने मसालका मोहन विक्रम भन्दा कम छैनन् । मौका पाउँदा राज्यश्रोत चुस्ने काम मोहनविक्रमको पनि छ भने नेकपा एमाले हरेक ठाउँमा सहभागी छ । सहकारीको ठगी, सामुदायिक बनको लुट, उपभोक्ता समिति गठन गरी सरकारी खर्चमा सहभागी भएको छ । एमाले र माओवादी बिग्रदा राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो विदेशी डलरबाट परिचालित शक्ति जन्मेर संसदमा चौथो शक्ति भयो । कम्युनिष्ट बिग्रेर आची, काँग्रेस बिग्रे पञ्च भन्थे त्यो बेला काँग्रेसमा बीपी, गणेशमान, कृष्णप्रसादको टिम थियो । बीपी बिदा भएपछि काँग्रेसकै प्रवृत्ति परिवार र गुटमा आश्रित भयो भने कम्युनिष्ट जातजाति, मधेशी, दलित, द्वन्द्वपीडित जस्ता समावेशी सिद्धान्तमा बेखबर भएका छन् । सजिलो पनि भएको छ । मान्छे मा¥यो, १० लाख बुझायो, आयोग बनायो दबायो, लोकतन्त्र यही हो ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल