Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गोली प्रहारबाट पादरी गम्भीर घाइते

एजेन्सी । फ्रान्समा फेरि आक्रमण भएको छ । बन्दुक आक्रमणमा एक जना पादरी घाइते भएका छन् । अधिकारीहरुका अनुसार फ्रान्सको शहर लियोमा ग्रिक अर्थोडक्स पादरीमाथि गोली प्रहार भएको हो । गोली हानेर आक्रमणकारी भागेको थियो ।

प्रत्यक्षदर्शीले दिएको हुलियाको आधारमा प्रहरीले एक जना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । उनको साथबाट एउटा सटगन बरामद भएको छ । मिडिया रिपोर्टका अनुसार चर्च बन्द गर्ने बेलामा स्थानीय समयअनुसार साँझ करिब चार बजे पादरीमाथि गोली प्रहार भएको थियो । उनको पेटमा दुईवटा गोली लागेको छ । उनलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ ।

पादरीमाथि आक्रमण गर्नुको कारण खुलेको छैन । स्थानीय प्रशासनले भने पादरीको हत्या प्रयास भएको भन्दै अनुसन्धान सुुरु गरेको छ । यो घटनाभन्दा अगाडि दक्षिणी फ्रान्सको निस शहरको एक चर्चमा चक्कु आक्रमण हुँदा तीन जनाको मृत्यु भएको थियो । यस्तै राजधानी पेरिसमा एक शिक्षकको शीर छेदन गरी हत्या भएको थियो ।


सम्बन्धित समाचार