Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । कोरोना कहरको मौका छोपेर ग्याँस उद्योगहरुले ग्राहकलाई खाली शिलिण्डर घरमा नराख्न गरेको आग्रहलाई ग्याँस विक्रेता व्यवसायी महासंघका अध्यक्ष विवेन्द्र भक्त श्रेष्ठले विरोध गरेका छन् । उद्योगीले खाली शिलिण्डर घरमा नराख्न गरेको आग्रह उद्योगी र विक्रेताबीच सम्बन्ध राम्रो छैन भन्ने हो । आयल निगमले उद्योगीको माग अनुसार ग्याँस भित्र्याउन अनुमति दिनु नौलो होइन ।
ग्याँस पाइप विस्तार गर्न नदिएका उद्योगहरुलाई कोरोना कहरले नसताएको भए निगमले भारतबाट महोत्तरी र जनकपूरसम्म रेलबाट ग्यास भित्र्याउने अवस्था थियो भन्ने जानकारी भएन । रेलबाट ग्यास भित्र्याउने र निगमले आफ्नै उद्योग खडा गर्न सकेको भए यीनको दादागिरी उपझोक्ताले सहन बाध्य हुन पर्दैनथ्यो । निगम आफैले ग्याँस उद्योग संचालनको तयारी गर्दैछ । आयाल निगमको आन्तरिक भद्रगोल सुधार्ने काममा जुटेका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल निगमका डिपो विस्तारमा जुटेका छन् । सरकार विद्युतीय सवारीको बकालत गर्छ । तर विद्युतीय गाडीमा ९० प्रतिशत कर लगाउने ओली सरकारले संस्थागत सुधारमा भन्दा नीतिगत लुटमा प्रगति गर्दा आयल निञमका पूर्वधार निर्माणमा पनि चासो लिएको छैन ।
निगमको जग्गा खरिद प्रकरणमा भएको भ्रष्टचारमा तत्कालीन सचिव प्रेम कुमार राई नै सहभागी भएकोले अख्तियारले छानबीन समेत गरेन । सरकारले देशमै इन्धन कारखाना स्थापना गर्ने हल्ला केवल प्रचार मात्र गर्यो । उत्पादन अन्वेषणको काम नहुँदा इन्धनमा नेपाल भारत निर्भर हुन बाध्य छ । यो अवस्थामा आयल निगमको व्यवस्थापक चुस्त र सकिृय हुन जरुरी छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल