Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमइ र जनतालाई गाभिने

काठमाडौं। ग्लोबल आइएमइ बैंक र जनता बैंक नेपाल आपसमा गाभिने निर्णयलाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिएको छ। राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीतिअघि जोडी खोजिसक्न सबै बैंकलाई निर्देशन दिएपछि ग्लोबल र जनता मर्जरमा जान सहमत भएका थिए। राष्ट्र बैंक सञ्चालक समितिले सैद्धान्तिक स्वीकृति दिएको हो।
मर्जरपछि बैंकको नाम ग्लोबल आइएमइ नै रहने छ। सञ्चालकमा ग्लोबलको पाँच जना र दुई जना जनता बैंकबाट आउने छन्। बैंक अध्यक्षमा चन्द्रप्रसाद ढकालनै हुने सहमति यसअघि नै भएको थियो। प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्।
बरिष्ठ डेपुटी सिइओमा महेश ढकाल हुनेछन्। सैद्धान्तिक स्वीकृति पाएकाले अब सम्पति तथा दायित्व मूल्यांकन हुने छ। यद्यपी जनतालाई एक शेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भइसकेको छ।


सम्बन्धित समाचार

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

२०८१ आश्विन ६

ताजा नेपाल