Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आइएमई र बैंक अफ काठमाडौंबीच मर्जर सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंबीच मर्जरको सम्झौता पत्रमा हस्ताक्षर भएको छ। दुई बैंकबीच बिहीबार होटल याक एण्ड यतिमा मर्जर सम्झौतामा हस्ताक्षर भएको हो । मर्जर सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाडौंका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् । मर्जर पश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुनेछ ।
साथै सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ ।