Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ग्लोबल आईएमई बैंकको नाफा ५ अर्ब १८ करोड

काठमाडौं । ग्लोवल आईएमई बैंकले गत आर्थिक वर्षमा ५ अर्ब १८ करोड वितरण योग्य नाफा गरेको छ । अघिल्लो आर्थिक गर्षको तुलनामा बैंकले ९२ करोड रुपैयाँ नाफा बढाएको हो । नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १९ रुपैयाँ २५ पैसा भएकोमा यस पटक बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा भएको छ ।
बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ । कुल पूँजी कोष ३७ अर्ब ७८ करोड रुपैयाँ छ । असार मसान्तमा बैंकको वासलात ३ खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ भएको छ । असार मसान्तमा बैंकले सर्वसाधारणबाट २ खर्ब ७७ अर्ब निक्षेप परिचालन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ९ अर्ब रुपैयाँ बढी हो ।
त्यस्तै कर्जा २ खर्ब ५८ अर्ब रुपैयाँ परिचालन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा ३० अर्ब रुपैयाँले बढी हो । बैंकले विभिन्न कम्पनीको सेयरमा ४७ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराव कर्जा घटेर १ दशलवम २२ प्रतिशतमा सीमित भएको छ । आर्थिक मन्दी, तरलता संकटको समयमा बैंकको कर्जा असुली प्रभावित हुने अनुमान भैरहेको बेलामा ग्लोवल आईएमई बैंकले कर्जा असुली चुस्त बनाउको देखिएको छ । सीडी रेसियो ८९ दशमलव २१ प्रतिशत छ । राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत भन्दा कम सीमामा राख्नु पर्ने नियम बनाएको छ ।
बैंकको वेसरेट भने ह्वातै बढेको छ । गत वर्ष ६.६० प्रतिशत रहेको बेस रेट अहिले ९.४० प्रतिशत भएको छ । यसले कर्जाको व्याजदर वृद्धि गर्ने संकेत गर्दछ । बैंकको स्प्रेड दर ३.६५ प्रतिशतबाट बढेर ४.२६ प्रतिशत पुगेको छ । यसले बैंकको नाफा वृद्धिमा सहयोग पुर्याउँदछ ।