Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ग्लोबल आईएमई बैंकले गुल्मी जिल्लाका बाख्रापालक किसानसँग सहकार्य गरेको छ । बैंकले स्थानिय तहबिच सम्झौता कर्जा दिने सम्बन्धि सम्झौता गरेको हो । बैंक र गुल्मीका विभिन्न स्थानिय तहहरूबीच हेफर प्रोजेक्ट नेपालको समन्वयमा “बाख्रापालन सामुदायिक विकास परियोजना” अन्तर्गत बाख्रापालक कृषकहरूलाई सहुलियतपूर्ण कृषिकर्जा दिने सम्झौता गरेको हो ।
अब बैंकले सम्झौतापछि सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधि, २०७५ (संशोधन सहित) अन्तर्गत मुसीकोट नगरपालिका, इस्मा गाँउपालिका, मालिका गाँउपालिका, मदाने गाँउपालिका, र धुर्कोट गाँउपालिकाको सिफारिसमा हेफर प्रोजेक्ट नेपालअन्तर्गतको “बाख्रापालन सामुदायिक विकास परियोजना” का लागि उद्यमी, कृषक, फर्म तथा कम्पनीलाई (प्रति ग्राहक अधिकतम दश लाख) सहुलियतपुर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
यस्तै, परियोजनाअन्तर्गतका ऋणिहरूलाई हेफर प्रोजेक्ट नेपालले आवश्यक तालिमको व्यवस्था गर्ने जनाएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ मंसिर ५
ताजा नेपाल