Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। ग्लोबल आइएमइ बैंकले वार्षिक ११.५ प्रतिशत ब्याज दिने ५ अर्बको ऋणपत्र ल्याएको छ। बैंकले ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र८५ ऋणपत्र आइतबार सार्वजनिक निष्कासन तथा बिक्री खुला गरेको हो।
परिपक्क अवधि ५ वर्ष भएको यो ऋणपत्रको आकार ५ अर्बको छ। बैंकले ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। यसमा ६० प्रतिशतले हुन आउने ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र यस बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने छ।
त्यसपछि बाँकी ४० प्रतिशत अर्थात २० लाख कित्तामध्ये ७० हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरे बाँडफाँट समेत गरिएको छ। बाँकी १ अर्ब ९३ करोड बराबरको १९ लाख ३० हजार कित्ता ऋणपत्र आइतबारदेखि सर्वसाधरणमा बिक्रीका लागि खुला गरेको बैंकले जानकारी दिएको छ।
ऋणपत्रको वार्षिक ब्याजजदर ११.२५ प्रतिशत छ भने प्रति इकाइ न्यूनतम मूल्य १ हजारका दरले सो ऋणपत्र बिक्री गरिने जनाईएको छ। यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।
ऋणपत्र खरिदका लागि छिटोमा फागुन ३ गते बैकिङ समयसम्म आवेदन दिनु पर्नेछ। उक्त समय सम्म लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे ऋणपत्र निष्कासनको अवधि फागुन १४ गतेसम्म पुग्ने ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल