Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ललितपुरको ग्वार्कोमा भएको ईपीएस आन्दोलनकारी र प्रहरीबीचको झडपमा एक युवकको ज्यान गएको छ। प्रहरीले अश्रुग्यास र लाठी प्रहार गर्दै तितरबितर गर्ने क्रममा घाइते भएकामध्ये एक युवकको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। ग्वार्कोमा भौतिक पूर्वाधार मन्त्रालयको गाडी जलाइएपछि अवस्था तनावग्रस्त भएको थियो। त्यसक्रममा प्रहरीसँग भएको झडपमा डोटी निवासी २२ वर्षीय युवक वीरेन्द्र शाहको ज्यान गएको हो।
दुई जनाको अवस्था चिन्ताजनक
ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिएर कोरिया जान नपाएका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले सडक अवरुद्ध भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि अवस्था तनावपूर्ण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाएको थियो ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल