Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घटेर आयो इन्धनको मूल्य

काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल निगम ९आइओसी० ले सोमबार नेपाल आयल निगमलाई पठाएको सूचीमा पेट्रोलियम पदार्थको मूल्य घटेर आएको हो। नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रूपैयाँ ८० पैसा र डिजेल प्रतिलिटर १२ रूपैयाँ ४५ पैसा घटेर आएको छ। अघिल्लोपटक पनि पेट्रोल प्रतिलिटर १५ रूपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रूपैयाँ ५६ पैसा घटेर आएको थियो। तर, निगमले भने इन्धनको मूल्य समायोजन गरेको थिएन। सोमबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल र हवाइ इन्धनको मूल्यमा निगम नाफामा गएको छ भने डिजेल र खाना पकाउने ग्यासमा अझै घाटा रहेको निगमले स्रोतले जनाएको छ। नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा २ रूपैयाँ नाफा छ भने डिजेलमा ९ रूपैयाँ ५० पैसा घाटा छ। यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ५ सय रूपैयाँ घाटा रहेको निगमको दाबी छ।