Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घाँस काट्न गएकी महिलामाथि बलात्कारको आरोपमा निलमणि पक्राउ

काठमाडौं । रुपन्देहीमा घाँस काट्न गएकी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन्। गत मंगलबार सैनामैना ( ५ तुलबुलिया खोलाको पूर्वपट्टि नेवारडाँडामा घाँस काट्न गएकी एक युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा सोही वडाका ४८ वर्षका निलमणि दमाईलाई प्रहरीले प्रक्राउ गरेको हो।
युवती आफ्नै छिमेकी दिदीसँग घाँस काट्न गएकी थिइन्। सँगै गएकी दिदी फर्किएको र उनको भने घाँसको भारी नपुगेकाले भारी पुर्‍याउन लाग्दा बारुलाले टोकेर आत्तिएको आवाज सुनेपछि जंगलमा दाउरा काट्न गएका निलमणिले सहयोग गर्ने बहानामा बलात्कार गर्न खोजेको प्रहरीले बताएको छ। उक्त घटना युवतीले आफ्नो सुसुरालाई सुनाएपछि प्रहरी उजुरी गरेका थिए।
निलमणिलाई करणी सम्बन्धी कसुर अन्तर्गत म्याद थप गरि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए।