Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । गत शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटनग्रस्त भएको मनाङ एयरको हेलिकप्टरका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ । दुर्घटनापछि भएको आगलागीमा परी गम्भिर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स अस्पताल ल्याइएको थियो । परिवार तथा चिकित्सकको सल्लाहपछि उनलाई थप उपचारका मुम्बईस्थितनेसनल बर्न सेन्टर लगिएकोमा त्यहीँ उपचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले क्याप्टेन सेढाइँको निधन प्रति गहिरो दुख समेत व्यक्त गरेको छ । यसअघि मुम्बईस्थित सोही सेन्टरमा सांसद चन्द्र भण्डारीको समेत उपचार भएको थियो । ह्याम्स अस्पतालमाउपचारको क्रममा सेढाईंको मुख र हातखुट्टालगायतका भागमा ४५ देखि ५० प्रतिशतजलेको देखिएको बताएको थियो । त्यस्तै फोक्सो र मेरुदण्ड तथा किड्नीमा पनि समस्या भएको अस्पतालको दाबी थियो । शनिबार बिहान लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९ एन एएनजे कलसाइनको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो । नागरिकउड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, तीन महिनाको अन्तरालमा दुइटा हेलिकोप्टर दुर्घटना बेहोरेको मनाङलाई प्राधिकरणले ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै उसको इजाजतपत्र (अपरेटर सर्टिफिकेट) निलम्बन गर्ने निर्णय गरेको छ ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल