Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चर्च कनेक्सनको बाबुराम–उपेन्द्र सम्बन्ध

  • अर्जुन ज्ञवाली

अफगानिस्तानको राजनीतिमा जसरी सिआइए, तालिवान र उसका विरोधी दुवै खेमामा अमेरिका खेलिरहेको थियो नेपालमा पनि सत्तापक्ष र विपक्ष बनाएर सिआइए चर्चमार्फत् त्यसरी नै खेलिरहेको छ । निवर्तमान अफगानी राष्ट्रपति असरफ घानी, तालिवान प्रमुख शेर मोहमद, अफगानिस्तानका लागि अमेरिकी राजदूत जालमे खालिल जार तिनै जनाले सन् १९५७ मा छात्तवृत्ति पाएका थिए । नेपालमा बेलायतको छात्रवृत्ति पाएका शेरबहादुर देउवा, भारतको छात्रवृत्ति पाएका निजीकरणको नाममा नेपालका उद्योग धन्दा ध्वंश गर्ने डा. रामशरण महत, जर्मनीको छात्रवृत्ति पाएका महेश आचार्य, भारतको जेएनयुमा छात्रवृत्ति पाएका डा. बाबुराम भट्टराई, अमेरिकी छात्रवृत्ति पाएका सिके राउतको चर्च कनेक्सन र त्यही मिसनरी अफगानिस्तानमा जस्तै नेपाल ध्वंश गर्ने अभियान नयाँ अफगानि मोडल हो । अहिलेको सरकार, अदालत र सेनाको गठबन्धन माधव, उपेन्द्र, बाबुराम, शेरबहादुर जोड्ने कडी युरो–अमेरिकी चर्च मिसन हो । यिनीहरूका पछाडि लाग्ने पेशेवर गुण्डाहरू नयाँ आवरणका तालिवानी हुन् । हुन त यस प्रकारको तालिवानी मिशन नेपालको राजनीतिमा पहिलो पुस्ताबाटै भएको देखिन्छ । प्राय हाम्रो मान्यता यिनीहरूका पछाडि लाग्ने पेशेवर गुण्डाहरू नयाँ आवरणका तालिवानी हुन् । हुन त यस प्रकारको तालिवानी मिशन नेपालको राजनीतिमा पहिलो पुस्ताबाटै भएको देखिन्छ ।

प्राय हाम्रो मान्यता छ मृत्युभन्दा पूर्वका अभिव्यक्तिहरू झूठ हुँदैनन् । राजा, राष्ट्रियता र राजनीति जुन बीपी कोइरालाको गणेशराज शर्माले लिएको टेप रेकर्डबाट जस्ताको तस्तै पुस्तकका रूपमा प्रकाशन गरिएको दस्तावेज हो । त्यसमा बीपी कोइरालाले भनेका छन्, ‘मैले आफ्ना विद्याथीलाई सोधें, यी अनेरास्ववियु को हुन् ? यी कसबाट सञ्चालित छन् ? उदाहरण दिऊ, मोहनविक्रमको हेडअफिस बनारसमा हाम्रो (नेपाली काँगे्रस) पनि बनारसमा र पुष्पलालको पनि । म र गिरिजाबाहेक हाम्रो पार्टीका कुनै पनि मानिस थिएनन् । पुलिस र जेलको यातना नपाएको । तर पुष्पलाल र मोहनविक्रमका मानिस सुरक्षित थिए । हिन्दूस्थानलाई यिनीहरू विस्तारवादी, एकाधिकार पुँजीवादी भन्दथे । जबकि हामीहरू भारतका विरोधी थिएनौं, राजा विरोधी थियौं । हाम्रा काँग्रेसका प्रत्येक मानिस जेलमा परे । उनीहरूका सुरक्षित रहे । यिनीहरू (पुष्पलाल, मोहनविक्रम) हिन्दूस्तानबाट सञ्चालित छन्, रअबाट सञ्चालित छन् तर आफूलाई चाइनिज भन्दछन् । यिनीहरूको मुकुण्डो उतार्नु परेको छ ।’ (स्रोत ः बीपी कोइराला, राजा, राष्ट्रियता, राजनीति, पृष्ठ ४०, ४१, साथमा ७९) बीपीको यो मृत्युपवूको खुलासा हो ।

कम्युनिष्ट ब्यानरमा भारत र रअको काम गर्ने र चीनको जासुसी गरेर सूचना भारतलाई बिक्री गर्ने उनै पुष्पलालका चेला हुन् उपेन्द्र यादव । बीपी कोइरालाले अगाडि भन्दछन्, मैले ऋषिकेश शाहलाई सोधें, के गर्दै हुनुहुन्छ ? म राजालाई कमजोर बनाउन जातीय समूह बढाउँछु । साम्प्रदायिक समूहलाई प्रोत्साहित गर्दछु । अहिले भारतले नेपाललाई कमजोर पार्न यही गर्छ कि गर्दैन मैले ऋषिकेश शाहलाई सोधें । त्यो त म के गरु । (राजा, राष्ट्रियता, राजनीति, पृष्ठ ४०) यिनै ऋषिकेश शाह हुन् जसले बाबुराम भट्टराईलाई रअ र क्रिश्चियनहरूको कनेक्सनमा पु¥याइदिएका थिए र जेएनयुमा छात्रवृत्ति दिलाइदिएका थिए । ऋषिकेश शाहको यही मिसन लहानमा ४ वर्षे बालकको राम कार्की र मातृका यादव जस्ता रअका एजेन्टहरूले हत्या गरेर तराईमा साम्प्रदायिक हिंसा मच्चाए । मधेशी जनअधिकार फोमरको नाममा रहेको युरो अमेरिकन एनजीओलाई उपेन्द्र यादवले पार्टी दर्ता गरेर उक्त हिंसाको जिम्मा लिए । अहिले टाउकाको ५० लाख मूल्य तोक्ने शेरबहादुर, रौतहटमा माओवादीको कत्लेआम गर्ने उपेन्द्र र हिंसाका सारथी माओवादीहरूलाई मात्र होइन दक्षिण कोरियन चर्चसँग कनेक्सन रहेका माधवकुमार नेपाललाई कुन शक्तिले एक ठाउँमा ल्याएको छ, सहजै बुझ्न सकिन्छ । यी पेशेवर अपाधीहरू अहिले समाजवादको बर्को ओढेर भ्रम दिन खोज्दैछन् ।

यिनको विगतको गतिविधि
क्रिश्चियन मिशन अनुसार डा.बाबुराम भट्टराईले प्रधानमन्त्री बनेपछि नेपालको राष्ट्रिय पोशाक, भाषा, राष्ट्र एकीकरणका महानायक माथि हमला, ईन्द्रजात्राको बजेट रोक्का, हनुमानढोकाको पूजा बजेट कटौति, राष्ट्रिय झण्डा र विक्रम संवत्लाई विस्थापन गर्ने षड्यन्त्र गरेका थिए । उनी गण्डक इन्चार्ज हुँदा प्राचार्य मुक्तिनाथ अधिकारीको हत्या गर्न आफ्नो विश्वासपात्र देवेन्द्र पौडेललाई लगाएका थिए ।

क्रिश्चियन गुरुआमा यलिनरसँग बाइबलको सपथ खाएर आएका भट्टराई १७ हजारको हत्या ५ हजार बेपत्ता हजारौं घाइते, अपाङ्गको रगत खाने हत्यारा कुसेडर्स रक्तपिपासु कसाई हुन् । ईसाई एजेण्डा अनुसार बाबुराममा मुलुकको विखण्डन गर्ने नियत रहेको देखिन्छ । यहाँसम्मकी तराई टुक्र्याउने अभियानका सि.आई.ए. ऐजेण्ट सि.के राउत २०६९ जेष्ठ ८ मा काठमाडौंको अनामनगरमा पत्रकार सम्मेलन गर्दै मधेश स्वराजको घोषणा गरेका थिए । २०६८ कार्तिक २८ र २९ गते नयाँबानेश्वर स्थित राष्ट्रसङ्घीय विकास कार्यक्रम (यु.एन.डी.पी.) द्वारा सञ्चालित संवैधानिक संवाद केन्द्र (सी.सी.डी.) को आयोजनामा कार्यशाला गोष्ठी गरेका थिए । जसलाई मधेश नेपाल फाउण्डेशन, दलित डेभलपमेण्ट कमिटी, लेट्स शेयर फाउण्डेशन नेपालले सपोर्ट गरेका थिए (जहाँ सि.के लाल, प्रा. कृष्ण खनाल, राजेन्द्र महर्जन, कृष्ण हाथेछु जस्ता कथित बुद्धिजीवीहरू छन्) कार्यक्रमको प्रमुख बक्ता (यू.एन.डी.पी.) का तत्कालीन प्रमुख रवर्ट पाइपर थिए ।

गैरआवासीय मधेशी एशोसियसनका संस्थापक अध्यक्ष पाइपर हुन भने यु.एस.ए. को आयोजनामा सो कार्यक्रम भएको थियो । बाबुराम भट्टराई अध्यक्ष रहेको संवैधानिक राजनीतिक संवाद समितिको संयोजकको हैसियतमा २०७१ भाद्र ५ मा भट्टराईको राउतसँग १ घण्टा वार्तालाप भएको थियो । (५–११ असोज हिमाल खबरपत्रिका पेज नं. ३४–३५) राउतलाई जेलमा भेट्न रामचन्द्र पौडेल (ने.का. उपसभापति) र सञ्चारमन्त्री मिनेन्द्र रिजाल पुगेका थिए ।

पशुपतिनाथलाई म्युजियममा राख्ने बीपीको योजना
विश्वेश्वर प्रसाद कोइरालाले पशुपतिनाथलाई अजाबघर (म्युजियम)मा राख्नु पर्दछ भन्ने नास्तिक कुरा गरेर चोट पार्नुभयो । भष्मासुर जस्तो दैत्यलाई बरदान दिने आशुतोष भगवान भोलेबाबा शिवशंकरले (बी.पी. जस्ता कलियुगका दैत्यलाई) क्षमा गरिदिनुभयो । बी.पी. कोईरालाले मन्दिरभित्रका पशुपतिनाथको मात्र होइन आर्यघाटको दक्षिणपट्टी राममन्दिरको पुलनिरको शिवलिङ्गलाई कुनै संग्राहलयमा राख्नु पर्दछ भने । उनको नास्तिकता र सामाजिक व्यवहार कटु सत्य हो । (अरविन्द रिमाल, संसार थर्काइदिने १९ दिन, पेज नं. ४८० । ८१–इतिहास अन्वेषक) यस्तो नास्तिक क्रिश्चियन रणनीतिको घटिया र पतित आवाज गुन्जाउने बी.पीलाई मृत्युपर्यत्न त्यही आर्यघाटमा राख बनाएर कलुषित आवाजको मटियामेट गराई दिए । त्यतिमात्र होइन क्रिश्चियन रणनीतिमा धर्मनिरपेक्षता घोषणा गर्ने बी.पी.का भाइ गिरिजाको काजकिरियामा पशुपति क्षेत्र विकास कोषबाट २३ लाख लिए, दैत्य राक्षसको अन्त्य गरिदिए । धर्म निरपेक्ष संविधान घोषणा गर्ने सुशील कोइरालाको पनि त्यही ब्रह्मनालमा भष्म हुन गए ।

राष्ट्रघाति सुगौली सन्धि बिरोधि धारा समाप्त गर्न ब्रिटिश परस्त जंगबहादुर राणामार्फत वि.सं. १९०३ मा कोतपर्व गराइयो । नियन्त्रित पश्चिमापरस्त धारा समाप्त गर्न प्रज्जवल शमशेर ज.व.रा. प्रधान सेनापति रहेको अवस्थामा वि.सं. २०५८ जेठ १९ मा दोश्रो महाकोतपर्वको नाटक मञ्चन गरियो । अत्याधुनिक हतियारले सुसज्जित २ वटा सुरक्षा शाही वाहिनी गण रहेको सेनाको घेराभित्र भएको हत्या षड्यन्त्र ढाकछोप गर्न सि.आई.ए. मिशनमा ‘रअ’ मार्फत नेपाली सेना र नेपाल प्रहरीको गुप्तचर विभागमार्फत पत्रकार आवरणका गुप्तचरमार्फत प्रायोजित प्रकाशन संस्था खडागरेर गोयवल्स प्रपोगण्डा गरियो र गरिँदैछ ।

प्रयोगशालारद व्याटल फर अ रिपब्लिक ‘रअ’को इन्प्युटमा लेखाइएको हो (युवराज घिमिरे –सम्पादक अन्नपूर्ण पोष्ट असार १३, २०७१) काठमाडौंको राजनीतिमा भारतीय खुफिया ऐजेन्सीहरूको खुलाचलखेल प्रष्ट्याउने सुधिर शर्माको प्रयोगशाला र प्रशान्त झाको व्याटल फर अ न्यू रिपब्लिक पछि आएको कट्वालको किताब (रुक्मांगद कटवालको आत्मकथा) मा भित्रियाको बयान छ । (कुन्द दिक्षित सम्पादक नेपाली टाइम्स हिमाल खवर पत्रिका २०७१ श्रावण १८)
दैनिक पत्रिकाका सम्पादक तथा पूर्वसेनापति नै विदेशी गुप्तचरको योजनामा प्रपोगण्डा गरिरहेका छन् भन्ने खुलासा स्वयं वरिष्ठ पत्रकारले नै गरिरहेका छन् यसबाट नेपालको सुरक्षा र सुचना कस्तो छ भन्ने प्रष्ट छ । १ हजार प्रकाशन गर्ने र गुप्तचर सम्पादक रहेका मिडियामार्फत ५० हजारको प्रपोगण्डा अभियान चलाउनु नियति बनेको छ । यसका पछाडि राजा वीरेन्द्रको हत्यागर्ने सि.आई.ए. नियन्त्रित सैन्य हेडक्वाटर रहेको कुरा कट्वालले प्रज्वल शमशेर जवराको बचाउमा गरेको प्रयत्नबाट स्पष्ट पारेको छ । नेपालका सञ्चार मिडिया र कथित पत्रकारहरूमा क्रिश्चियनको व्यापक आर्थिक लगानी छ ।

क्रिश्चियन मिशन अनुसार हिन्दू संस्कृतिलाई ध्वंश गर्न मृत्यु पश्चात गरिने काजकिरियाको समय घटाउने भन्दै हिन्दू आवरणमा डा.गोविन्द टण्डन (सदस्य–सचिव, पशुपति क्षेत्र विकास कोष) शंकर पोखरेल (पूर्व प्रशासक, अध्यक्ष– संस्कार सुधार आयोग) लगायत लागिरहेका छन् । परम्परागत बलिप्रथाविरोधी टण्डन कोरियन हतियार माफिया क्रिश्चियन सनम्योङ्ग मुनका घनिष्ट मित्र हुन् ।

पुष्पलालको आवरणमा क्रिश्चियन
वास्तवमा जिजस क्राईष्ट र पैगम्बर मोहम्मद शिवका अनुयायी रहेको पाइन्छ । क्राईष्ट अफगानिस्तानको बाटो हुँदै बनारस आएर विश्वनाथको मन्दिर दर्शन गरेको र कपिलवस्तुमा बुद्धकि आमा मायादेवीको मुर्ति दर्शन गरेर मुस्ताङ हुँदै तिब्बत गएको पाइन्छ । पैगम्बर मोहम्मद गुरुकुलका शिक्षक थिए । उनले सबैभन्दा पहिला मुस्लिमधर्मको शुरुवात अहिले चीनको उईगुरक्षेत्रमा शुरु गरेका थिए । –(लोककृष्ण भट्टराई २ कार्तिक २०७१ नयाँ पत्रिका) यो सरासर झूट हो । शिवका अनुयायी भए शिव कै संस्कार किन पालन गरेनन् ?दुध, गोवर, गहुत औषधि र अक्सिजन दिने र फ्याक्ने गाईलाई काटेर खाने शिवका अनुयायी हुन्छन् ? यो अब ईसाई धर्म होइन पश्चिमाको राजनीति हो भन्ने षड्यन्त्र नेपालमा छत्ताछुल्ल भएपछि ईसाईहरूको वैचारिक संरक्षण गर्ने पडयन्त्र हो । चीनमा जस्तै चर्च गुम्बा हुन या कुनैपनि धर्मको आवरणका सि.आई.ए परिचालित मठाधीशको जरो पनि उखेल्नु पर्दछ । पुष्पलालको व्यानरमा बाबुराम जस्ता क्रिश्चियनलाई स्थापित गर्ने षड्यन्त्र असफल भएपछि यही व्यानरमा नयाँ षड्यन्त्रको शुरुवात हो ।

उइगुरमा चीन विरुद्ध सिआईएले मुस्लिम प्रयोग गर्न खोजिरहेको र भारतको नक्कली लुम्बिनी जस्तो मोहम्मदको नक्कली जन्मस्थानको प्रपोगण्डा हो । मक्का र मदिनानै मोहम्मदको जन्म मृत्यु रहेको प्रष्ट हुँदाहुँदै उइगुर भन्नु मोदनाथ प्रश्रितको देवासुर संग्रामको नयाँ गोयवल्स (झूट) अभियान हो । आमाको क्रिया नगर्ने पतित ईसाई मेशिनरीसँग संलग्न माधवकुमार नेपालले पुष्पलाल प्रतिष्ठानको अध्यक्षको व्यानरमा बदनाम गरेजस्तै पुष्पलाल अध्ययन समाजको आवरणमा बाबुरामजस्तो जनहत्यारा ईसाई अपराधीलाई स्थापित गर्ने षड्यन्त्रको असफलतापछि क्रिश्चियनको यो पुष्पलालकै व्यानरमा कम्युनिष्ट ट्रेडमार्क बदनाम गर्दै भ्र्रम छर्ने ईसाई प्र्रवृति हो । जसरी गोयवल्स इतिहास लेखाउँदै कम्युनिष्ट आन्दोलनको इतिहास बदनाम गरिएको छ । पश्चिमाहरूलाई क्रिश्चियन, इण्डियन र गल्फ देशहरूलाई माफिया, बदनाम नेपाली राजनीतिक आवरणका ऐजेन्ट र कथित बुद्धिजीवी र पत्रकारहरूलाई पैसा जसको लागि श्रीमती, छोरा–छोरी समेत वेश्यावृत्तिमा लगाउँछन् । अनौठो संयोग संविधान सभा २ को २६ जना मनोनित सभासद्मा कांग्रेसबाट क्रिश्चियन माफीया उमेश श्रेष्ठ जसले युद्धकालमा माओवादीको संरक्षण गरेका थिए । रा.प्र.पा, (नेपाल) बाट खेल माफीया गणेश थापा, एमालेबाट राजन भट्टराई गजबको संयोग छ ।

ब्रिटिश इण्डियाको अन्तिम गभर्नर जनरल माउण्ट वेटनकी श्रीमती दुवैको सल्लाहमा भारतीय राजनीति ब्र्रिटिश नियन्त्रणमा राखीराख्न वेश्यावृत्तिबाट चर्चित थिइन् । बी.पी.ले ठिक माउण्ट वेटन प्रवृत्ति पछ्याउँदै त्यसैलाई निरन्तरता दिए । महाभारतमा भनिएको छः आमा, मित्रपत्नी, गुरुआमा, दिदीबहिनी, फुपू भाञ्जी (पञ्चनारी) मातृसरह मानिन्छन् । राणा र बी.पी. प्रवृत्तिका फ्रायडवादी कांग्रेसहरू र सेनाका राणाप्रवृतिका जनरलहरू माउण्ट वेटन वेश्यावृत्ति प्रवृत्ति पछ्याइरहेका छन् । राजा विरेन्द्रको हत्या गर्ने सैन्य हेडक्वाटर पूर्व सेनापतिहरूको गतिविधि वारे वहस गर्नुस् । राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्रले आफ्ना छोराछोरी नेपालमै विवाह गराएको अवस्थामा सेनाका जनरलहरू किन विदेशमा सम्बन्ध राख्छन् ?