Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चाहरा फालेर जह्रो गाडेका ओली

काठमाडौं । जब जब ओलीको सत्ता हल्लिन्छ तब उनी आफ्ना हनुमानहरुलाई मात्रै प्रयोग गर्दैनन् आफू पनि सक्रिय हुन्छन् र सबैलाई लोभ्याउन सफल हुन्छन् । त्यसैले त ओली ओली भएका छन् । उनले बोलेपछि त्यही बोली पार्टीको विधान बन्दै आएको छ । पार्टीमा कुनै योगदान नभए पनि ओलीले रुचाए भने उसको भाग्य बल्यो भन्ने कुरा नवराज सिलवालहरुलाई हेरे हुन्छ । त्यति मात्रै होइन डा. युवराज खतिवडा त ओली सरकारलाई असफल बनाउन सफल भए पनि ओलीले च्यापिनै रहेको उदाहरण उनलाई अमेरिकी राजदूत बनाउनुले प्रष्ट पारेको छ ।

आफू कमजोर हुँदै गएपछि समकक्षी नेताहरुलाई लोप्पा खुवाउन युवा पुस्तालाई पार्टीको नेतृत्व सुम्पनु पर्ने प्रस्ताव गर्न समेत उनी पछि परेनन् । मौका परे उनी आफैंले युवा पुस्तालाई झुलाउन सफल नहोलान् भन्न सकिँदैन किनकि यो सिद्धान्त र विधिको लडाइँ नै होइन । केबल पद र स्वार्थको लडाइँ हुँदा नेताले बोलेका कुरा विधानसम्मत हुन्छन् भन्ने विश्वास गर्ने आधार नै छैन ।

प्रम ओलीले आफू बादसाह बन्न भारदारीसभाका जन्ति ईश्वर पोखरेल, रामबहादुर थापा, लेखराज भट्टलाई संघीय सरकारको संरचना बिगार्ने धतुरा बनाए छन् भने प्रदेशसभाका पृथ्वी सुब्बा, डोरमणि पौडेल, शंकर पोखरेल, शेरधन राईजस्ता नालायक र आफैं जस्ता बेसर्मी बनाइदिए । सत्ताको चारो फाल्न सिपालु ओलीले आफ्नो टिमका भष्मासुरहरुलाई मनपरी गर्न छूट दिएकै छन् ।

यही विषय कार्यकारी भनिएका अध्यक्ष पुष्पकमल दाहालले लिपिबद्ध गरी प्रतिवेदन बनाउँदा ओलीलाई पचेको छैन । असफल, असक्षम सावित भएका शक्ति बस्नेत, बिना मगर, गिरिराजमणि पोखरेलसम्मलाई लुट्न छूट दिँदा भानुभक्त ढकालको लुट, वर्षमान पुनको कुकर्मको छनक फेला पार्ने अवस्था रहेन । ओम्नी गु्रप, यति होल्डिङ्सलाई राज्यको सम्पत्ति सुम्पेको कुरा मात्र होइन वाइडबडी काण्ड, एनसेलको कर छलि, सेक्युरिटी प्रेस खरिद प्रकरण, राजदूतको नियुक्ति त विवादमा परेका इस्यु थिए । पार्टी त त्यहाँ सहभागी भएको थिएन ।

आफैं राजा आफैं प्रजा बनेर पार्टी र सरकारको बदनाम गर्नेहरुको नेता केपी जस्तो घामट, अराजकले मन्त्री देलान भनेर लोभिने जनार्दन शर्मा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, प्रभु साह, देवेन्द्र पौडेलका विगत कसले थाहा नपाएको हो र ? सत्ताको सानमा गुटको बचाउ गर्ने केपीले सिद्धान्त, विचार त्याग र समर्पणको महत्व बुझेको भए माधवको विधि र प्रक्रियाले लोप्पा खान्थ्यो ?