Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. गिरी नियुक्त

काठमाडौं । अन्तिम तीन जना प्रतिस्पर्धीमध्ये तेस्रो नम्बरमा परेका प्रा.डा. श्रीकृष्ण गिरीलाई सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्न नौ जनाले आवेदन दिएकामा प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भुकुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी अन्तिम तीनको सूचीमा छानिएका थिए । उनीहरुमध्येबाट गिरी छनोटमा परेका हुन् ।
प्रा.डा. गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रजिष्ट्रार हुन् । विगत ३७ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय छन् । उनी हाल राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जनको कार्यरत छन् । डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् ।
चिकित्सा शिक्षा ऐन प्रमाणीकरण भएको ६ महिनापछि आयोगले नेतृत्व पाएको हो । आयोगको कार्यकारी भूमिकामा उपाध्यक्ष रहने कानुनी व्यवस्था छ । उपाध्यक्षको पदावधि बढिमा चार वर्षको हुनेछ। प्रधानमन्त्री आयोगको अध्यक्ष हुन्छन् ।


सम्बन्धित समाचार