Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवनको संकल्प

भावावेशमा आएको होइन । पूर्वाग्रहबाट ग्रसित छैन । आवेश उत्तेजनाले चल्दैन पनि । मानित्यको परिवेश हुँदा प्रताडित बनी रहनु पर्दा जरह उत्पन्न हुनु कुनै अन्यथा पनि होईन । आनन्दाश्रु हृदयमा परेको चोटिलो बज्रपातले सलमलको असन्तुष्टिको कुरा गोपनमा राख्नु पनि उपयुक्त ठानिएन । साख निकै थियो– स्वाविमानको, अङराग थियो । अस्तित्वको पनि । स्वर्णिम राजनीतिक इतिहासलाई कालो धब्बामा अप्टिकको टिका ग्रहण जवरजस्ती लादिएको निरंकुश शैलीबाट आघात छ । चितवनमा कांग्रेसको । आयो टप्प टिप्यो लग्यो राजनीतिक पहिचान मेटाउन दासत्वताको परिवेशमा पुयाए । अस्तित्व विहिनतुल्य स्वाविमानमा आँच आयो । बोल्दैन, तालुकवालाहरू भस्मीभूत कांग्रेस बनाउँदा पनि । तोषकको कुनै गुञ्जायस केही हुँदैन । भविष्यमा पर्ने जहडीको कुनै मूल्य भएन । तमोमयमा राजनीतिको कस्तो स्वर्णिम भविष्य देख्ने होला । आक्रान्तित मनलाई कठोर बनाउँदै क्षारकहरूको विरुद्धमा शंकनाह गर्नुको विकल्प केही भएन । सात दशकसम्म लागेन कही अप्टिकको टिका, झुकेन कहीं स्वाविमानलाई तिलाञ्जली दिएको नैतिकतामा लागेको छैन दाग ।
सदासर्वदा जनेशहरूको आज्ञालाई शिरोधार्य गर्दागर्दै मेटिन लाग्यो अस्तित्व । हिम्मतका साथ आम नेपाली कांग्रेसका भावनाको प्रतिनिधित्व गर्दै भरतपुरको मेयरमा उठेका छन् जगन्नाथ पौडेल । महाभारतमा पाण्डव कौरवको मुद्दामा सत्यको सारथि दिए भगवान श्रीकृष्णले हेक्का राखे हुन्छ । विद्रोहको अभियानरूपी रथको सारथी छन् तिनै चितवन कांग्रेसका भिष्मपिता तुल्य कृष्णलाल सापकोटा । चौरासी वर्षको ती हाम्रो पितामह कुर्लिन वाध्य छन् । पार्टीको निरंकुशताको विरुद्ध । हजारौं शुभचिन्तक प्रजातन्त्र प्रति प्रतिवद्ध ठूलो हिस्सा सहयात्री बन्दैछन् । जगन्नाथ पौडेलसँग । राजनीतिमा विजय भन्ने शब्द गौण हो, तर एजेण्डा नै राजनीतिको मेरुदण्ड हो । कुन लक्ष्य उद्देश्य प्राप्तिमा प्रतिवद्ध भै राजनीतिमा होमिएकाहरूको जली रहेको भावकुलबाट ग्रसित भै रहेको बेला चितवनका स्वाविमान एवं अस्तित्व कांग्रेसको कठिन दिनमा पनि स्थापित गर्न ज्यानको बाजी लगाएर होमिएका होनाहार योद्धा विद्रोह गरी स्वतन्त्र उम्मेद्वारका रूपमा उभिँदा आम प्रजातन्त्रवादीहरू प्रफल्लित मात्र होइन अस्तित्व बचाउने नायकको रूपमा जगन्नाथ पौडेल प्रति कृतज्ञता प्रकट गरिरहेका छन् । विगतमा अप्रजातान्त्रिक र दम्भ शक्तिका उत्मात जागेको समूह जालझेलमा पद हत्याएको त्यही आडम्बरधारीलाई सझा उम्मेद्वार स्वीकार गर्न चितवनका स्वाविमानी कांग्रेस तयार छैनन् । दुर्भाग्य परिवारको राजनीतिक अस्तित्वका खातिर जाली दुश्मन सरिका पुष्पकमल दाहालको आग्रहले उनको छोरी रेणु दाहाललाई सहयोग गर्नु पर्ने भन्नेको जगन्नाथ पौडेलले सञ्चार माध्यममा पुष्पकमलसँग वार्तालाप पनि गर्नु परेको देखियो । पार्टीलाई नमान्नेले विपक्षको आग्रह कहाँ मान्न सक्छ, हेक्का रहनेछ पुष्पकमल दाहाललाई । बिद्रोहको अभियान उम्मेदारी फिर्ता होईन । प्रिय वा अप्रिय जे जस्तो परिणाम प्रति होईन, अस्तित्व र स्वाविमानको प्रतिविम्व हो । पितृसरी भैरहेका ति हाम्रो अग्रजहरू वेअर्थमा धैर्यताको वाध फुटाएका होईन । अशान्तमन बोकेका पनि छैनन् । पञ्चायतको निरंकुशताको विरुद्ध संगठित प्रतिवाद गरेका, हत्याहिंसा र आतंकको भयबाट मुलुकलाई शान्ति दिलाउन निलकण्ठसरि बनेर विषपानलाई अमृतपान भन्दै शान्तिको वातावरणमा अवतरण गराउन राजनीतिलाई दाउमा राखेका थिए ।
जनभावनाको कदर गर्दै अनेकौ वाधा व्यवधानको कुनै मतलव नगरी ऐतिहासिक संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने नेपाली काग्रेस । किन एक पटक धुर्त ब्वाँसोको स्वार्थ पूर्ति हासिल गरेर बाचा कसम तोड्नेसँग फेरी किन गठबन्धन गर्न पुग्यो नेपाली कांग्रेस । छेपारो र बाँदरले कहिल्यै आफ्नो बस्ने घर बनाउँदैन । त्यस्तै हो पुष्पकमल दाहाल, त्यसैको माया जालमा पञ्चमुखा गर्नु परेको छ हामी स्वाविमान कांग्रेसीहरूले भञ्जकसँग जोडिएर ग्रीवा जोडेर चखल्लो बन्नु मात्र हो । आज मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्मका स्वाविमानी काग्रेसीजनहरूको ललना पोख्ने बन्दिर भएन । तोषकको कुनै पत्याभूति हुँदैन । क्षारकमा पुयाउने तालुकवालाहरू कसरी आदरणीय बन्न सक्लान । धिमे पियानो गुञ्जिएका छन् । राजनीतिक चाडपर्वको रौनकतामा हामी भावाकुलले ग्रसित बन्नु परिरहेछ । हेक्का होस सत्रसालको फौजीकाण्ड विरुद्ध कुर्वानी दिने चितवन काग्रेस । जनमत संग्रहको पूर्वसन्ध्यामा कुर्वानी गर्ने चितवन कांग्रेस । पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको लागी कुर्वानी गर्ने कांग्रेस । गणतन्त्र स्थापनामा कुर्वानी गर्ने नेपाली कांग्रेस । छुटेछ नयाँ शिक्षा नीतिका लागि आन्दोलन गर्ने काग्रेस, सत्यग्रहमा अपार जनसहभागिता देखाउने कांग्रेस निरिह छैन । गोलीको प्रभाह गरेन । जेलनेल मतलव गरेन । लक्ष्यमेदन केवल प्रजातान्त्रिक संस्कारका लागि समर्पित चितवन कांग्रेस । अव केन्द्रकृत
निरंकुशताको विपक्षमा बुलन्द आवाजका साथ विद्रो गरिरहेको हेक्का राखे हुन्छ । कांग्रेसका जनेशहरूले निकट भविष्यमा विद्रोह अर्थात नेपाली कांग्रेसको विशेष महाधिवेशनको आँधिबेहरी ल्याएर नेतृत्व परिवर्तन, लोकतान्त्रिक संस्कारमा पार्टी चलाउने देखि जनभावनाको उचित कदर गर्ने ल्याउनेमा द्विविधा छैन । भष्मासुरको फेला परियो, अस्तित्व माथि अप्टिकको टिका लगायो । स्वाभिमानको कुनै गुञ्जायस नै देखाएन । अन्त्यमा बंशले चल्दो रहेनछ राजनीति बंश विरासत बोक्नेहरू ईतिहासका पानामा अंकित कलंकको बन्ने हो कि अस्तित्व र स्वाविमानका खातिर चितवन कांग्रेसका पक्षमा उभिने हो कि होइन त्यो अग्नि परीक्षा नै छ । अभिमत चितवनमा अस्तित्व र स्वाविमानको पक्षमा अपार समर्थकको प्रतिविम्व निर्वाचनको परिणामले क्रान्तिकारी जिल्ला चितवनको पहिचान दिलाउने छ ।