Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चितवनमा ठेला र साइकल पनि रोकियो

काठमाडौं । संक्रमण फैलिँदै गएपछि चितवन जिल्ला प्रशासनले छोटो दूरीका यात्रुबाहक सवारीसाधन पनि सञ्चालन नगर्न निर्देशन दिएको छ। सार्वजनिक सूचना जारी गर्दै प्रशासनले भदौ १५ गतेसम्म छोटा, मध्य र लामा दूरीका यात्रुबाहक सवारीसाधन नचलाउन निर्देशन दिएको हो। यसअघि चितवनमा छोटो दूरीका सवारीसाधन सञ्चालन हुँदै आएका थिए। दुई दिनअघि प्रशासनले राति ९ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गर्न सूचना जारी गरेको थियो। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि थप कडाई गरिएको हो। प्रशासनले सिनेमा हल, पार्टीप्यालेस, व्यूटीपार्लर, शैलुन, डान्सबार, जिमखाना, स्वीमिङपुल सञ्चालन नगर्न तथा फुटपाथ तथा खुल्ला ठाउँमा ठेला, अटो रिक्सा र साइकलमा व्यापार, व्यवसाय नगर्न निर्देशन दिएको छ। कवाडी संकलन बन्द गर्न पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए। साथै, खाना, खाद्य परिकार तथा पेय पदार्थको खानपान होटल तथा रेष्टुरेन्टमा नगराई टेक अवे सेवा मात्र दिन भनिएको शाहीले बताए। शैक्षिक संस्थाहरुले वैकल्पिक सिकाइ बाहेक कक्षा सञ्चालन तथा परीक्षा लिन नपाइने, अत्यावश्यक बाहेकका जमघट गर्न नपाइने, धार्मिक स्थलहरुमा पूजा बाहेकका गतिविधि सञ्चालन गर्न नपाउने शाहीको भनाइ छ। त्यस्तै, चाडपर्व मनाउँदा परिवारका सदस्यहरु मात्रै घरमा रहेर मापदण्डअनुसार मनाउन प्रशासनले अग्रह गरेको छ ।