Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । कोरोना भाइरस चीनका दुई जेलभित्र पनि देखिएको छ। पूर्वी चीनको साङडोङ प्रान्तको एक जेलमा दर्जनौं कैदीहरूलाई कोभिड(१९ को संक्रमण देखिएपछि सरकारले उक्त प्रान्तका पार्टीका नेता र जेलका अधिकारीहरूलाई बर्खास्त गरेको छ। जिनिङको रेन्चेङ जेलका गार्डलाई फेब्रुअरीको सुरूदेखि खोकी र अन्य लक्षण देखिएका थिए। जेलभित्रका २ हजार ७७ मानिस थिए। बिहीबार गरिएको परीक्षणमा दुई सय जना कैदी र सात जना अधिकारीलाई कोभिड(१९ देखिएको थियो।
त्यस्तै दक्षिणी झेजियाङ प्रान्तको अर्को जेलमा पनि ३४ जना कैदीलाई कोभिड(१९ देखिएको छ। त्यहाँको पार्टीका अधिकारीहरूले बाहिरबाट भाइरस आएको भन्दै दुई जना जेलरलाई बर्खास्त गरेको जनाएका छन्। यसैबीच बिहीबार फेरि चीनमा कोभिड(१९ संक्रमित हुनेको संख्या बढेको छ। बिहीबार एक सय १४ जनाको मृत्यु भएको छ भने ८ सय ९९ जना संक्रमित थपिएका छन्। यसअघि बुधबार १०८ जनाको मृत्यु भएको थियो भने ३९४ जनामात्र नयाँ बिरामी थपिएका थिए।
कोभिड–१९ बाट अहिलेसम्म चीनमा २ हजार २ सय ३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ४ सय ६५ जना संक्रमित भएका छन्। चीनपछि सबैभन्दा धेरै जापानमा १७३ जना संक्रमित भएका छन् भने ३ जनाको ज्यान गएको छ। दक्षिण कोरियामा १ सय ५६ जनालाई कोभिड(१९ देखिएको छ भने १ जनाको मृत्यु भएको छ। हङकङमा २ जनाले ज्यान गुमाएका छन्।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल