Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनबाट आउन लाग्यो कोरोना भ्याक्सिन

काठमाडौँ । छिमेकी मुलुक भारतको भर पर्दा झण्डै १३ लाख मानिस पहिलो डोज भ्याक्सिन लगाएर दोस्रो डोजको पर्खाइमा रहेका बेला अर्को छिमेकी चीनबाट भने धमाधम भ्याक्सिन आउने भएकोछ । सरकारले चीनबाट ल्याउने भनेको कोभिड–१९ विरुद्धको भेरोसेल खोप केही दिनभित्रै आइपुग्ने भएको छ । एक साताभित्रै १० लाखदेखि २० लाख मात्रा खोप आउने बताइएको छ । पहिलो लटमा १० लाखदेखि २० लाख मात्रासम्म आउने सम्भावना रहेको छ, जम्मा ४० लाख मात्रा भेरोसेल खोप ल्याउने कुरा भएको बताइएको छ । तत्काल खोप नपाइरहेको अवस्थामा चिनियाँ कम्पनीको सर्तले खोपको मूल्य सार्वजनिक नगर्ने सहमतिअनुसार सरकार खोप ल्याउन लागेको हो । यसअघि सरकारद्वारा खरिद गरिएको कोभिसिल्ड खोपको दाँजोमा भेरोसेलको मूल्य दोब्बरभन्दा बढी परेको बताइएको छ । पहिलो लटको १० लाखदेखि २० लाख मात्राबाहेक थप खरिदमा उल्लेख्य रूपमा मूल्य कम हुने गरी दुवै पक्षबीच अनौपचारिक कुरा भएको बताइएको छ । गत वैशाख २८ गते स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतबाट २० लाख मात्रा कोभिसिल्ड प्रतिमात्रा ४ डलरमा खरिद गरेको जानकारी दिएका थिए । उक्त खोपको बाँकी १० लाख मात्रा नेपालले अझै पाउन सकेको छैन । सिरम इन्स्टिच्युट अफ इन्डियाले २०२१ को अन्तसम्म दिन सकिने भन्दै आएको छ । चीन सरकारले अनुदान सहयोगमा यसअघि दुईपटक गरी १८ लाख मात्रा भेरोसेल उपलब्ध गराइसकेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल