Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चीनयाँ सेनासँगकाे भिडन्तमा मारिए भारतीय सैनिक

एजेन्सी । सबै छिमेकीसँग सीमानामा किचलो गर्ने भारतका लागि विशाल चीनसँगको सीमा विवाद महंगो सावित बन्दै गएको छ । कमजोरलाई जस्तै हेपेर सीमानामा विवाद गर्न पुग्दा भारतले थुप्रै सैनिक गुमाइसकेको छ ।
लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएका छन् भने एक जना घाइते भएका छन् । मिडिया रिपोर्टका अनुसार मारिएका जवान तिब्बती मूलका थिए र स्पेशल फ्रन्टियर फोर्स (एसएफएफ) मा तैनाथ थिए । यसबारे भारतीय सेनाको आधिकारिक बयान भने आएको छैन । चीनले पनि यसबारे केही औपचारिक जानकारी दिएको छैन ।
२९–३० अगस्तको राति चीनका करिब ५ सय सैनिकले एक पहाडमा कब्जा जमाउने प्रयास गर्दा भारतीय सेनासँग झडप भएको मिडिया रिपोर्टमा भनिएको छ । यसअघि गत ५ जुनमा लद्दाखको गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा भारतका २० जना सैनिक मारिएका थिए । चीनतर्फ कति हताहत भए भन्ने अझै खुलेको छैन । तिब्बती संसदका निर्वासित सदस्य नामग्याल डोलकर अघियारीले मंगलबार एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै तिब्बती मूलका एक सैनिक शहीद भएको जानकारी दिए । उनले एक सैनिक घाइते भएको पनि बताए ।

सैनिक मारिएका छैनन् : चीन
चीनले पछिल्लो समय लद्दाखको सीमामा चिनियाँ जनमुक्ति सेनासँग भएको झडपका क्रममा एक जना पनि भारतीय सैनिक नमारिएको बताएको छ। बुधबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले गत शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा भएको झडपमा एक जना पनि भारतीय सैनिकको मृत्यु नभएको बताइन्। यसअघि झडपका क्रममा भारतको विशेष सुरक्षा बलका एक जनाको मृत्यु भएको समाचार आएको थियो। उक्त समाचारमा निर्वासित तिब्बती संसदका सदस्य नाम्ग्याल डोल्कर ल्हाङयारीलाई उद्धृत गरिएको थियो। दुबै देशका अधिकारीहरूले औपचारिक रूपमा झडपमा कसैको मृत्यु भएको पुष्टि गरेका थिएनन्। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता चुनयिङले उक्त क्षेत्रमा सवारी दुर्घटनामा परी एक जना भारतीय सैनिकको मृत्यु भएको समाचार आफूले पनि पढेको बताइन्।