Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चुनाव लक्ष्यित गरी खोलिएको मेलम्चीको ढोका बन्द गरिएको छ । मेलम्ची खोलामा आउने बाढीबाट हुन सक्ने क्षतिबाट जोगाउन मेलम्ची खानेपानी आयोजनाको सुरूङको ढोका बन्द गरिएको छ। यही वैशाखदेखि काठमाडौंबासीका घरघरमा वितरण गरिएको मेलम्चीको पानी सुरूङको ढोका बन्द गरेसँगै यो बर्खाभर नआउने भएको छ। बर्खापछि मेलम्चीको पानी पुनः काठमाडौं ल्याइनेछ।
मेलम्चीमा पानीको सतह बढ्दो क्रममा रहेको, धमिलो हुँदै गएको र जुनसुकै बेला ठूलो बाढी आएर सुरूङमा क्षति पुर्याउन सक्ने भएकोले मंगलबार सुरूङको ढोका बन्द गरिएको हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलामा रहेको सुरूङको ढोका बन्द गरिएको आयोजनाले जनाएको छ। यहाँबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइएको थियो।
गत वर्ष असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति पुगेको थियो। बाढीले क्षति पुर्याएको करिब ११ महिनापछि मात्रै मेलम्चीको पानी पुनः काठमाडौं ल्याउन सम्भव भएको थियो। आयोजनास्थलमा अस्थायी संरचना खडा गरी पानी ल्याइएको थियो। सरकारले पहिलो पटक ०७७ चैतमा मेलम्चीको पानी काठमाडौं ल्याएको थियो।
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल
२०८३ जेष्ठ ७
ताजा नेपाल