Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुनावी तयारीका लागि जुम्ला पुगे ज्ञानेन्द्र

काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही चुनावि तयारीका लागि गृह जिल्ला जुम्ला पुगेका छन् । शुक्रवार जुम्ला विमानस्थलमा शाहीलाई कार्यकर्ता र सुभेच्छुकले नेपाली झन्डा, फुलमाला र दोसल्लाले स्वागत गरे । शाहीले केही दिनअघि जुम्लाबाट प्रतिनिधिसभा सांसदमा निर्वाचन लड्ने घोषणा गरेका थिए । त्यसयता नेता शाही पहिलो पटक गृहजिल्ला जुम्लाको सदरमुकाम खलङ्गामा पुगेका हुन् । उनले उम्मेदवारी घोषणा गरेसँगै जिल्लामा राजनीतिक सरगर्मी बढेको छ । शाहीले अव जिल्लामा आफ्नो चुनाव प्रचार यात्रा शुरु भएको बताए । शनिवार सिंजा क्षेत्रमा जाने उनले जानकारी दिए । शाही जुम्ला सिंजा गाउँपालिका ३ निवासी हुन ।