Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चुरोट, मदिराको अन्तशुल्क बढ्ने

काठमाडौं। ‘नेगेटिभ लिस्ट’ मा रहेको मदिरा र सुर्तिजन्य पदार्थको कर बढ्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत चुरोट, बिँडी, बियर, ह्विस्कीलगायतको अन्तशुल्क बढ्ने भएको हो।
सरकारले बजेट लेखनको सम्पूर्ण काम सकिसकेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महत रातभरी मन्त्रालयमै बसेर बजेटलाई अन्तिम रुप दिइरहेका थिए। उनी बिहान पौने ११ बजे फ्रेस हुनालाई निवास गएका छन्।
आज अपराह्‍न ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत हुने छ।
बजेटमार्फत बढाइने भन्सार तथा अन्तशुल्कका दरहरु बजेटलगत्तै लागु हुने छ। आयकर भने साउन १ गतेदेखि लागु हुन्छ।