Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोरीपैठारीको सामान बरामद

पर्सा । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट मंसीर १३ गते एपीएफ टोलीले करीव एक लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा तथा ईलेक्ट्रोनिक्स सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।

छोकडासहित तीन जना पक्राउ
उता, बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ बाट मंसीर १३ गते एपीएफ टोलीले चोरीनिकासीको छोकडासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका ६ बस्ने ३५ वर्षिय प्रमोद महतो, ३३ वर्षिय राकेश कुश्वाहा र १९ वर्षिय दिपककुमार कुश्वाहा छन् । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको अवस्थमा पाँच क्वीन्टल ५० के.जी. छोकडासहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । उक्त छोकडाको भन्सार दाखिला मुल्य करीव ७४ हजार रुपैयाँ रहेको छ ।


सम्बन्धित समाचार