Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोर बाटोबाट रेडबुललाई नेपाल छिराउने तयारी

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले ०७६ असार २ गते क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ (इनर्जी ड्रिङ्कस्) आयातमा रोक लगाएपछि नेपालमा इनर्जी ड्रिङ्कस् उत्पादन गर्ने उद्योगहरु विस्तारै स्थापना हुन थालेका छन् । आयातमा रोक लगाएसँगै हालसम्म दर्जनभन्दा बढी इनर्जी डिङ्कस् उत्पादन गर्ने उद्योगहरु नेपालमा सञ्चालनमा आएका छन् । जसमा नेपाली उद्योगीहरुको अरवौं लगानी छ भने हजारौंले रोजगारी पाएका छन् । सरकारको यो निर्णयबाट उत्साहित भएका लगानीकर्ताहरु थपिनेक्रम अझै जारी छ । बजारमा दर्जनौं ब्राण्डका इनर्जी डिङ्कस्हरु उपलब्ध भइसकेका छन् । यस्तो अवस्थामा उद्योग मन्त्रालयकै मातहतको निकाय उद्योग विभागले भने चोरबाटोबाट विदेशी इनर्जी डिङ्कस् उत्पादन गर्ने रेडबुललाई नेपालमा उत्पादनका लागि अनुमति दिने प्रक्रिया थालेको छ ।

खेतान समूहले एक कम्पनी स्थापना गरेर रेडबुल उत्पादन गर्ने कम्पनीसँग टीटीए गरेर नेपालमै रेडबुल उत्पादन गर्न अग्रसरता लिएको हो । जसलाई उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले अनुमति दिने प्रक्रिया अगाडि बढाएको स्रोतको दाबी छ । स्रोतको अनुसार रेडबुल लगायत इनर्जी डिङ्कस् नेपालमा आयात रोकेर स्वदेशमै उद्योग स्थापना गर्नका लागि लबिङ गरेको समूह नै अहिले रेडबुललाई नेपाल भिœयाएर उत्पादन गर्ने तयारीमा लागेको छ । बिडम्बना उक्त समूहको स्वार्थलाई विभागको प्रविधि शाखाका निर्देशक सुरेश श्रेष्ठको अध्यक्षतामा बसेको प्रविधि समितिको केही दिनअघि सम्पन्न बैठकले अनुमति दिने प्रक्रिया थालेपछि नेपालमा अरवौं लगानी गरेका लगानीकर्ताहरु हतोत्साहि बन्न पुगेका छन् ।

नेपाली बजारमा दर्जनौं ब्राण्डका इनर्जी डिङ्कस् उत्पादन भइरहे पनि रेडबुल नै इनर्जी डिङ्कस् हो भन्ने छाप उपभोक्तामा रहेको अवस्थामा रेडबुलको उत्पादन नेपालमै हुन थाल्यो भने त्यतिबेला स्वदेशी उद्योगीको अवस्था कस्तो होला ? विदेशी मुद्रा सञ्चितीको अवस्था घट्दै गइरहेका बेला स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्नुपर्ने कार्यक्रम ल्याउनुपर्छ भन्ने वर्तमान सरकारको नीति विपरित सरकारकै मातहतमा रहेको विभागका केही व्यक्तिको स्वार्थले सरकारको नीतिलाई खिल्ली उडाउने काम मात्रै गरेको छैन स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्ने काम भइरहेको छ । स्रोतका अनुसार रेडबुल उत्पादन गर्न दिएबापत उक्त कम्पनीले नेपालबाट आम्दानीको ५ प्रतिशतभन्दा बढी रकम डलरमा विदेश लैजानेछ ।