Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

चोलेन्द्र श्रीमानसँग पारकोपारको तयारीमा न्यायाधीशहरु

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट सर्वोच्च अदालतका १४ न्यायाधीशहरूको बैठक बस्दै छ । एक पटक प्रधानन्यायाधीशको कुरा सुनेर थप निर्णय लिने निष्कर्ष निकालेका १४ न्यायाधीशले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्न लागेका हुन् ।
प्रधानन्यायाधीशको एकपल्ट धारणा सुनिसकेपछि मात्र के गर्ने भन्ने निर्णय गर्ने न्यायाधीशहरूको तयारी छ । न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने वा सार्वजसनिक रूपमा विगतका कमिकमजोरीहरू सच्याउने र भविष्यमा कार्यपालिकासँग सोझो सम्बन्ध छैन भनेर विश्वस्त आधार तयार पार्नुपर्ने बताउँदै आएका न्यायाधीशहरु यतिवेला एकाएक राणाले मार्गप्रसस्त गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । प्रधानन्यायधाीशसँग सामुहिक भेट भनिएपनि असन्तुष्ट न्यायायधीशका तर्फवाट एकजनाले मात्र धारणा राख्ने बताइएको छ ।