Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

छ माया छपक्कै घर घरमा

काठमाडौं । चलचित्र छ माया छपक्कैअब डिश होममा प्रसारण भएको छ । डिस होमको च्यानल नम्बर १०८ मा म‍ंसिर १३ देखि प्रदर्शन भएको हो । योसँगै अब टेलिभिजनका दर्शकले घरमै बसेर छ माया छपक्कै हेर्न सक्नेछन् । हलको पहुँचमा नभएका दर्शकले यो फिल्म हेर्न पाउने भएका छन् । व्यावसायिक रुपमा सफल यो फिल्ममा दिपकराज गिरी, केदारप्रसाद घिमिरे माग्ने बुढा, जितु नेपाल मुन्द्रे, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ । फिल्म हेर्नका लागि ग्राहकले रुपैयाँ ४२५ तिर्नुपर्ने हुन्छ । डिस होमको च्यानल नम्बर १०८ मा नयाँ तथा पुराना नेपाली फिल्महरू देखाइने गरिन्छ ।
आमा सरस्वती मुभिज प्रालि र रोहित अधिकारीको ब्यानरमा निर्माण भएको यो फिल्म कार्तिक २४ गते फिल्म हलहरुमा प्रदर्शन भएको थियो । फिल्मले समीक्षकको समेत मन जितेको थियो । यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।