Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जति मूल्य वृद्धि गरे पनि आयल निगमको घाटा समायोजन हुन सकेको छैन । नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो ।
स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाउनुपरेको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० रुपैयाँ र डिजेल मटितेलको १०३ रूपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।
पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य स्थिर भए तापनि मासिक नोक्सानी अत्यधिक रहेको निगमले बताएको छ । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७।३९ रुपैयाँ, डिजलमा प्रति लिटर १।९४ रुपैयाँ घाटा छ ।
ग्याँसमा प्रतिसिलिन्डर ४१८।४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । १५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्याँसमा मात्रै पाक्षिक रुपमा ६०.१३ करोड घाटा रहेको निगमले बताएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल