Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनताले देखे कम्युनिस्टको भित्री रूप !

काठमाडौँ । पार्टीको एकीकृत संरचना पूर्ण बनाउँदै आफ्नै स्वार्थमा पार्टी चलाउने अभियानका योद्धा प्रधानमन्त्री केपी ओलीका कारण नेकपा स्वार्थी, सत्तालम्पट, भ्रष्टाचारी र गुटवादीको पार्टी भनेर चिनियो । नेताको चिन्ता गुटमा छ । सरकार छ, जनहितका कामै गर्दैन । पार्टी छ, त्यसले विधि, प्रक्रिया र सिद्धान्त लत्याएर गुटको सेवा गर्दै आएको छ । नेकपाको नेतृत्वले पार्टी स्थायी समितिको बद्नाम गर्यो ।

पार्टी चल्न सबैको चित्त बुझ्ने विधान हुन्छ । त्यसले नेता–कार्यकर्तालाई अनुशासनमा राख्छ । पार्टीको नीति–निर्देशन नेतालाई नलाग्ने र कार्यकर्तालाई लागू हुने हुँदैन । तर नेकपाको नेतृत्वका लागि न त विधि र प्रक्रियाले बाँध्छ न त सिद्धान्त र नीतिले छुन्छ । हावाको भरमा कुद्ने, राष्ट्रको ढुकुटी आफ्नै स्वार्थ र सेवामा प्रयोग गर्ने पाइलट प्रधानमन्त्री ओलीको दम्भ र अहङ्कारले कुनै सिद्धान्त र व्यवहारको अनुशरण गरेन, बरु भाँडभैलो जन्मायो । हरेक ठाउँमा एकल निर्णय पार्टीभन्दा प्रम ओलीको छाडावाद मौलाउँदा नेकपाको स्थायी समितिको नाम स्थगन समिति बन्न पुग्यो । चार महिना पूरा अवधि देशमा लकडाउन भयो ।

यो अवधिमा नेकपाले देश र जनताको हितमा भन्दा स्वार्थी र भ्रष्टकै सेवा गर्यो । नेताले विरोधी वितन्डा मच्चाउँदा सरकारले लगाएको लकडाउनको पालना भएन । बरु ओलीभक्तले कोरोनाको नाममा लुटे । गरीब र मजदुर भोकभोकै मर्नुपर्यो । कम्युनिस्ट पार्टीले सत्ता पाउँदा के गर्दछ, त्यो देखियो । नेकपा स्थगन समितिको अराजकताको कारण जनताले राष्ट्रमा दैवी प्रकोप जाँदा पनि राज्यको साथ पाएन । भोट लिन गरीबका झुपडीमा पुगेकाहरूले गरीबका झुप्रामा आगो लगाए । धन्न रहेछ, ओली गुटको शासन र नेकपाको सर्वहाराकरण ! मिल्ने देश र जनताको हितमा हो कि माधव नेपाल र वामदेवको पक्षमा सांसदलाई मन्त्री बनाएर हो ? सर्वसत्तावाद हावी भएको नेकपामा अहिले काम देखाउने ठाउँ भएन । स्थगन समितिले असार १८ गतेबाट थकाइ मार्दै देश लुट्दै गरेको हेरिरहेको छ । – ताजाखबर साप्ताहिकबाट