Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनताले मल नपाउँदा नेता भोका हुन्छन् र ?

काठमाण्डौ । सडकको ठेक्का लिएर पेश्की लियो काम छैन तर पनि सरकारी निकायहरुले कार्वाही नगर्दा कानुन तोड्दै गएका निर्माण कम्पनिहरु र नेपालका राजनितीक नेताको चरित्र एउटै देखिएको छ । सैलुड. कन्ट्रक्सन र होनीका इन्टरप्राइजेज को नेपाली किसान माथि गरीएको नापरवाहीलाई कृषि सामाग्री कम्पनिका पदाधिकारीहरुले व्यवस्था गर्दा यतिखेर देशभरी कृषि मल खादको हाहाकार मच्चिएको छ । किसानले समयमा मल पाएनन् भने धान उत्पादन घट्ने कुरा सरकार र पार्टीका नेताहरुलाई थाहा छ । तर पनि समयमा मन्त्रालय र अखिल नेपाल किसान माहासंघले ध्यान दिन नसक्दा मल ल्याउने ठेकेदारहरु नियम मिच्न सफल भएका हुन ।

ठेकदारले मल नल्याएपछि सरकारले बंगलादेश संग सापटीको रुपमा ५० हजार मेट्रीकटन मल ल्याउने तयारी गरी रहेको छ भने साल्टट्रेडीड. कपोरेशनले ३० हजार मेट्रीकटन मल भित्राएको छ । भदौ २० सम्म मल ल्याउने सम्झौता गरेको सैलुङ कन्ट्रक्सन र होनीका इन्टरप्राइजेज ले गएको बैशाख १२ र १५ गते कृषि सामाग्री कम्पनि संग सम्झौता गरेका थिए । तर उनीहरुले अहिले सम्म मल नल्याउदा सरकार आफै लज्जित भएर बंगलादेश संग मल सापटी माग्न बाध्य भो तर यि ठेकेदारलाई पाता कस्ने हिक्मत गदैन । किनकी पाटीका नेताहरुलाई ठेकेदारले पहिले नै खरीद गरेको छ । त्यही कारण उनीहरुले सडकको ठेक्का लिन्छन् समयमा बनाउदैनन् । मल भित्राउने ठेक्का लिन्छन् तर कृषकलाई मल को आवश्यकता परेको बेला म मल हुदैन । पाटीका नेता र ठेकेदारको चरित्र मिल्दो जुल्दो भएपछि दुख्ख पाउने जनताले हो । जनताको सरोकार राख्ने नेतृव्व भएको भए यो स्थिती आउने थिएन । कृषकको धान खेती घट्दा नेताहरुको पेट भोको हुने थियो भने बेलैमा मलको व्यवथा हुन्थ्यो तर नेताहरुको लागि चालम अन्तैबाट व्यवस्था हुन्छ । उनीहरु यस्तो चानचुने धान खोन पनि होइनन् उनीहरु त मार्सीको भात त खान्छन् ।