Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जनमतलाई सरकारमा ल्याउने, माओवादीले मन्त्रालय छाड्ने

काठमाडौं । सत्तागठबन्धनका दलको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्तारूढ दलहरूको बैठकले जनमत पार्टीलाई सरकारमा ल्याउने निर्णय गरेको छ। बैठकमा जनमत पार्टीका अध्यक्ष डा सिके राउतलाई सरकारमा ल्याउनका लागि बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको हो। योसँगै जनमत पार्टी फुटबाट जोगिएको आशंका गरिएको छ। मन्त्रालय खाली नरहेको अवस्थामा जनमत सरकारमा आउन तयार भयो भने माओवादीकै भागमा परेको एउटा मन्त्रालय खाली गराएर ल्याइने योजना प्रधानमन्त्रीको छ ।


सम्बन्धित समाचार