Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जन्मघर इवामा प्रधानमन्त्रीको ६९औं जन्मदिन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गरेका छन् । जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुमको इवा जाँदैछन् ।
तेह्रथुमको आठराईमा रहेको आफ्नो पुख्र्यौली घरमा प्रधानमन्त्री ओलीले जन्मदिन मनाउन लागेका हुन् । आफ्नो जन्मदिन मनाउन इवा जान लागेका प्रधानमन्त्री ओलीले आफू जन्मिएको घरलाई दशैं अघि नै पुनर्निर्माण गर्न लगाएका थिए ।
जन्मदिनको अवसरमा जन्मस्थल पुग्न लागेका ओलीको घरमा तेह्रथुम जिल्ला पार्टी कमिटीले विशेष कार्यक्रमको आयोजना गरेको छ ।


सम्बन्धित समाचार