Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबरजस्ती करणी गर्ने एल्जित पक्राउ

काठमाडौं । काठमाडौं, तारकेश्वर नगरपालिका–१० मनमैंजुस्थित शुभकामना चोकमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरेको अभियोगमा सोही चोक बस्ने भोजपुर हचुवागढी गाउँपालिका–३ का बा.४ ख ८२ नम्बरको बसका सहचालक ३६ वर्षीय एल्जित राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त चोकमा बालिका फेला परेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले टोखाकी ११ वर्षीया बालिका फेला पारी अनुसन्धानको क्रममा राईले ती बालिकालाई बसभित्र जबरजस्ती करणी गरेको तथा उनकी साथी रामेछापकी १० वर्षीया बालिकालाई अनैतिक क्रियाकलाप गरी बालिकाकै कोठामा लगी छाडेको खुल्न आएपछि राईलाई प्रहरीले पक्राउ गरेको हो ।
बर्दिया, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका(१ पाठक चोक बस्ने ७६ वर्षीय भक्तबहादुर सुनारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बालिकालाई ललाई(फकाई सोही ठाउँस्थित सहमती सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको हो ।


सम्बन्धित समाचार