Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जबराविरुद्धको महाभियोगबारे भोलिको संसदमा छलफल

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले आइतबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । उक्त सार्वजनिक सम्भावित कार्यसूचिमा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने जनाईको छ । आज सार्वजनिक गरिएको भोलिको कार्यसूचिमा चौथो नम्बरमा भनिएको छ,‘मिति २०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम १ बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने ।’