Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जसको राष्ट्रिय इस्युमा विश्लेषण थिएन

अब छैन है जबजको सार्थकता
ईश्वरी वाग्ले
त्यसो त २०४६ सालको जनआन्दोलनको बेला पूर्व मालेहरू बहुदलको पक्षमा थिएनन् । वाममोर्चा बन्दा खेरी निर्मल लामा र भरतमोहन अधिकारीले राधाकृष्ण र झलनाथ खनाललाई कन्भिन्स गराएका हुन् । आन्दोलन प्रारम्भ भएको ०४६ चैत १४ गतेसम्म पनि मालेका नेताहरू खुल्न सकेका थिएनन् । चैत १४ को नेपाल बन्दबाट प्राप्त लहरले प्रभावित भएर बल्ल उनीहरू खुलेका हुन् । यो यथार्थता अहिलेका जबजधारीहरूले पचाउन सक्नुपर्दछ । जनआन्दोलनको सफलतापछि मदन भण्डारीले जतिसुकै बहुदल पक्षको दरिलो भाषण गरे पनि उनले राजधानीमा राजालाई श्री पेच खोलेर आऊ भनेपछि अहिले श्रीपेच बिनाका ज्ञानेन्द्र छँदैछन् । भण्डारी श्रीपेचसँग डराएकै हुन् । धरान इटहरिमा २०४७ साउनको भाषणमा उनले कुरा फेरे र भनेका थिए, चुनाव गरेर राष्ट्रपतिलाई राखेर तलव खुवाउनुभन्दा परम्परागत राजालाई थोरै अधिकार दिएर राख्नु मनासीप हुन्छ । जुन भाषणको काँग्रेसका कार्यकर्ताले विरोध गरे । मदन भण्डारी सुध्रिदै जान थाले । त्यो बेला मदन भण्डारीले राखेका २६ सूत्रीय असहमति भावनामा बगेका हुन् । ती माग पूर्व माले र एमाले भएपछि पनि कुनै पार्टी कमिटीमा छलफल भएका होइनन् । मुलत ठूला भाषण गरे पनि ०४६ को जनआन्दोलनको अगुवाई नेपाली काँग्रेसले नै गरेको हो । ०६२÷०६३ को अगुवाई माओवादीले गरेको हो । बहुदलीय पक्षधर कम्युनिष्टहरू यी दुवै मोर्चामा अग्रमोर्चामा देखिएका हुन् । काँग्रेस बिनातत्कालिन मालेका कुनै मुद्दा नै थिएन । गिरिजा र गणेशमानको घरमा नेता धाउँथे । जबजको कुरा पछिल्लो चरणमा आयो । तत्कालिन मालेका नेता कार्यकर्ताभित्र इतिहास अध्ययनको कमीले बहुदलीयता हाम्रो मुद्दा हो भने पनि २०१५ सालमा नेकपाका नेता पुष्पलाल श्रेष्ठको अगुवाईमा संसदीय चुनाव लडेकै हुन् । १५ सालमा स्वीकारिएको बहुदलीयतालाई मालेले २०३६ सालमा बहिष्कार गरेको इतिहास छ । यहाँसम्मकी दरबारका शक्तिशाली सचिव रञ्जनराज खनालले राजाको आदेशमार्फत् तिम्रो राजबन्दी (झापा काण्डका) सबै छाड्छौं पार्टी चलाउन खर्च दिन्छौं चुनाव बहिष्कार (जनमत संग्रह) गर । तिम्रो बहिष्कारले पञ्चायत टिक्छ बहुदल आयो भने काँग्रेसको राज हुन्छ तिमीहरू पछि पर्छौ भनेकै हुन् । त्यो प्रस्ताव तत्कालिन मालेले स्वीकारेकै हो । यो यथार्थता लुकाउँदै हामी इतिहासका योद्दा भन्नेहरूलाई कठै भन्नु पर्छ । तत्कालिन अवस्थामा साहना प्रधान, मनमोहन अधिकारीलाई हेटौंडामा पूर्व मालेले बदनाम गर्न खोजेकै हो । उनीहरू बहुदलको पक्षमा प्रचारगर्दै थिए । अहिलेको अवस्थामा पूर्व एमालेमा यस्तो समूह छ जसले नैतिक आचरण गुमाएको छ । आर्थिक रुपमा भ्रष्ट छ त्यही पक्ष मदन भण्डारीको नाम भजाइरहन्छ । यहाँसम्मकी घ्याम्पामा मदन भण्डारीको पिसाव राखेको भए पनि यो जमातले अहिले गंगाजल भन्न पछि पर्दैन थिए होलान् । राजनीतिक कार्यदिशाका हिसावले तत्कालिन माले, काँग्रेसको पुच्छरै हो । होली वाइनका प्यादाहरू अहिले जुर्मुराएका छन् । आजको सन्दर्भमा हेर्दा जनयुद्ध कालमा देशका केही भागमा केही दुःखद घटना घटेका भए पनि मुलुकको समग्र राजनीतिमा हस्तक्षेपकारी भूमिका माओवादीको थियो । माओवादीकै मुद्दा थिए गणतन्त्र, संघीयता, समावेशीता । त्यो पार्टी नभएको भए नेपाली काँग्रेस र एमाले ५० वर्ष राजाकै सेवामा रहन्थे । यस अर्थमा देश अहिले माओवादीको मुद्दामा छ । १९ सालको तेस्रो महाधिवेशनपछि विभाजित कम्युनष्टिहरूको उतार चढावपछिको यो चरणले एक सूत्रमा ल्याएकै हो । यो एक सूत्रमा ल्याउने काम माओवादीकै हो । मुद्दा पनि उसैको हो । संख्या कोही तलमाथि होला स्वर कसैको ठूलो होला तर यो देशको कम्युनिष्ट आन्दोलनलाई उठाउँदै राष्ट्रिय मुद्दामा अरु विपक्षीलाई ल्याउन सक्ने क्षमता नेकपामा अध्यक्ष प्रचण्डको मात्र रहेको छ । जनयुद्धकालमा माओवादीसँग वार्ता गर्न सिलगुढी पुगेका माधव र ईश्वरले संविधानसभाको एजेण्डा स्वीकार्न नसकेर आँखा रसिला पार्दै फर्केका हुन् । त्यसलगत्तै उनीहरूले राष्ट्रियसभागृहमा कार्यकर्ता भेला गरे । भेलामा कार्यकर्ताले संविधानसभालाई जोड दिए । कार्यक्रमको अगुवाई ईश्वर पोखरेल र झलनाथ खनालले गरेका हुन् । जसले संविधानसभाको मुद्दा उठायो । ऊ ईश्वरको आक्रमणका परेकै थिए । समयले काँग्रेसलाई घोक्य्रायो । एमाले नत्थिएर संविधानसभा स्वीकार ग¥यो । त्यसकारण पनि वैचारिक दृष्टिले अबको कम्युनिष्ट राजनीतिमा बहुदलीय जनवादको औचित्य छैन । बरु २१औं शताब्दीको जनवादको व्याख्या र विश्लेषण समयअनुसार गर्नु उपयुक्त छ । सम्झना रहोस्, तत्कालिन मालेको ४० वर्षको इतिहासमा देशका राष्ट्रिय मुद्दामा विश्लेषण सधै एक पदीय एकलकाटे र अव्यवहारिक हुने गर्थे । ठोस विश्लेषण कहिल्यै पनि एमालेका नेताले गरेनन् । त्यही कारण एमालेको लिंग पहिचान हु्नुप¥यो भन्ने बाबुरामहरू बढेका थिए ।
राजाको प्रतिगमनमा काँग्रेस आफ्ना मुद्दा लिएर सडकमा गयो । एमालेका नेताहरू शेरबहादुरको साथमा दरबार पसेकै हुन् । यहाँसम्मकी प्रगतिमन आधा सच्चियो भन्दै मन्त्री बनेकाहरूले राजाले सत्ता कू गर्दा समेत पत्तो पाएका थिएनन् । जहाँ ईश्वर पोखरेल, भरतमोहन थिए । झापाली प्रवृत्ति नै देशको राष्ट्रिय इस्युमा चुकेको छ । त्यसैको सारमा अहिले एमालेका बदनाम र भ्रष्टहरूले बहुदलीय जनवाद भन्दैछन् । सायद पूर्व मालेको युवापंक्तिलाई यी लुटाहाहरूले गनेका छैनन् । राजनीति भन्दा उखान टुक्काको भरमा देश हाँकेका खड्ग ओली, क्रिश्चियन फाइबरले रंगीएकाहरूबाट हिजो मनमोहनको भाषण दरबार र भारतीय दूतावासमा बुझाएकै हुन् । लागू पदार्थ सेवनले बिग्रेका पुत्रको भविष्य सुधार्नेहरूको डाँको ठूलो भएर नापिने केही छैन । किनकि भ्रष्टहरूलाई जबज जति प्यारो छ प्रम ओलीलाई होली वाइन त्यत्तिकै प्यारो छ । कार्यकर्ताले विचार र सिद्धान्तमा सुधार खोजेको हो । एनजीओ र आइएनजीओ धारी जबज रुचाएको हैन ।