Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जाँदाजाँदै विमानस्थलमा केसीको चाँदीकटाई

काठमाडौं । आफ्नो पदावधि १ महिना बाँकी हुँदा नागरिक उड्डयन प्राधिकरण एयरपोर्टका महाप्रबन्धक देवेन्द्र केसीले आम्दानीको स्रोत खोतल्दै पुराना व्यापारीहरुमार्फत् नगद जम्मा गर्न थालेको समाचार प्राप्त भएको छ । सुरक्षाको दृष्टिकोणले कष्टम एरियामा जथाभावी पसल स्थापना गर्न दिन मिल्दैन । प्राधिकरणको निर्देशनविपरित ५० करोड रुपैयाँ सिभिल बैंकमा राखेर ब्याज हजम गरेको केसीको टिमले यतिखेर नेपाली रुपैयाँ ५० करोड बराबरको डलर पनि केन्द्रको स्वीकृत बिना सोही बैंकमा राखेको छ ।

एयरपोर्टको व्यवस्थापन यतिखेर भताभुंग भइरहेको बेला प्राधिकरणको कर्पोरेट विभागका हेम दाहाल दजस्ता लुच्चाहरुको मतियार बन्दै महाप्रबन्धक देवेन्द्र केसी विमानस्थलमा रक्सीको विज्ञापन हराभरा बनाउँदैछन् । स्थानीय पसलेहरुका अनुसार अदालतको स्टेअडरबाट टिकेका र राजनीतिक पहुँच भएका पसलेहरुले भाडा तिर्न आनाकानी गर्न थालेका छन् । टेण्डरबीना सरकारको सम्पत्ति कसैलाई पनि भाडामा दिन पाइँदैन । तर यतिखेर केसीको टोलीले मनी एक्सचेन्ज र एराइभल कस्टम एरियामा नयाँ व्यापारीहरुलाई भाडा दिन पसलको नाप जाँच गर्ने अभियान शुरु गरेपछि नागरिक उड्डयन प्राधिकरणभित्र भुइचालो गएको छ । प्राधिकरणको अहिलेको नेतृत्वले संस्थागत रुपमा आर्थिक आय आर्जन गर्ने ठाउँ भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर त्यहाँ केसी गत वर्षको असोज २० गते महाप्रबन्धक बनेर गएपछि निर्माणाधिन अवस्थामा रहेको कार्यक्रमहरु समेत अलपत्र पर्न थालेको छ ।


सम्बन्धित समाचार