Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जीबी राईको ललितपुरमा मन्त्री निवास छेउमा २४ रोपनी जग्गा भेटियो

काठमाडौं । नेपालमा यतिबेला सर्वाधिक खोजी सूचीमा रहेका व्यक्ति हुन् जीबी राई । राई सहकारी ठगी प्रकरणका मुख्य नाइकेका रूपमा स्थापित छन् ।

उनी मलेसियामा रहेको सूचना प्रहरीसँग भए पनि नेपाल ल्याउन भने सकेको छैन । मलेसियाको असहयोगका कारण उनलाई नेपाल ल्याउन नसकेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सहकारी ठगीका मुख्य आरोपी राईको सम्पत्ति बिक्री गरेर पनि निक्षेपकर्ताको रकम फिर्ता गर्नुपर्ने आवाज उठिरहेको छ । उनको सम्पत्ति कहाँ कति होला अहिले सरकारी निकायले उनको नाममा रहेको र आफन्तका नाममा राखिएको सम्पत्तिको अध्ययन गरिरहेको छ ।

जीबी राई सञ्चालित पाँचवटा सहकारीबाट हजारौँ बचतकर्ताका अर्बौँ रकम अपचलन भएको छ । प्रहरीको पत्राचारका आधारमा जीबी राई जोडिएका कम्पनी तथा बैंक खाता र घरजग्गा कारोबार रोक्का गरिएको छ ।

जीबी राईले सञ्चालन गरेका पाँचवटा सहकारी पोखराको सूर्यदर्शन, बुटबलको सुप्रिम, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको सानो पाइलामार्फत् ६५ करोड रकम ग्यालेक्सी टीभीमा आएको खुलेको हो ।

सहकारी ठगी तथा गोर्खा मिडियामा जोडिएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा पूर्वडीआईजी छविलाल जोशी अहिले प्रहरी हिरासतमा छन् ।

उता जीबी राईलाई भने प्रहरीले कानुनी दायरामा ल्याउन सकेको छैन । उनी मलेसियामा रहेको प्रहरीले दाबी गरेको छ । उनीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत् रेड नोटिस नै जारी भएको छ ।

जीबीले सञ्चानल गरेको पाँचवटा सहकारीको रकम अवैध तरिकाले आफ्नो व्यक्तिगत तथा अनेक कम्पनीमार्फत् अपचलन गरेको खुलेको छ ।


सम्बन्धित समाचार