Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुट्न नजान्नेको कुरा चर्का

काठमाडौं । सर्वहारा वर्गको हित, गरिब र निमुखाको कल्याणको वकालत गर्ने नेकपाका नेताहरू बहुमतको सरकारको नेतृत्व गरेको डेढवर्षमै जनताका नजरमा गिरेका छन् । यहाँ केपी ओलीको दम्ब प्रचण्डको लागि सत्ता हतारको विषय मात्र होइन नेताको चिन्तन, गुटको विकास, बदनामीको माध्यम बन्दैछ । सरकारमा रहँदा देशघाती धन्दा सबैले चलाए । त्यही धन्दाले आफू र सन्तानको पालाभरका लागि राष्ट्रको धन लुटिएको छ । रेल र पानी जहाजको सपना बाँडेर, गाउँका गरिबको मन मस्तिष्क खलबल्याउने काम भएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनमा आदर्शमय र सिद्धान्तनिष्ट नेता छैनन् । सत्ताको चयन गरेका केपी ओलीको कुरै नगरौं, चन्दाको भरमा (भारतीय मजदुरको लेबी) चलेको भनिएको नेकपा मसालका मोहनविक्रम सिंहमासमेत स्वार्थी चरित्र गुम्सेको छ । मोहन वैद्यलाई पार्टीको बलियो संगठन रुचेन । क्रिश्चियन पादरी सीपी गजुरेलको स्वार्थ जोडिँदा पार्टी विभाजन गरेर छाडे । माओवादीको नेतृत्व भ्रष्ट हुनबाट बचेको थियो । विदेशी जासुसको स्वार्थमा, जनयुद्धको राप,ताप त्याग्दैनथ्यो भने नेकपा एमाले जस्तो जासुसहरूको जमातसँग पार्टी एकताको जरुरी थिएन ।
प्रचण्डलाई कुवाको नायक भन्दा दुर्गन्धित भए पनि ठूलो समुद्र जरुरी थियो । माओवादीलाई जनताले २०६४ सालमा दिएको मौका अहिले केपी ओलीको दम्भ झैं छिरल्लिँदा दोस्रो संविधानसभामा साइजमा आयो । त्यहाँ विदेशीकै आहारा डा. बाबुराम भट्टराईले पनि भाग्न खोज्र्दै आफ्नो धरातल देखाए । देश बुझेको, जनता चिनेको विकास र समृद्धिप्रति प्रतिबद्ध नेता भएर के गर्नु डा. भट्टराईको बहिर्गमनले नेपाली श्रमिक वर्ग निराश बन्यो । केपी ओली कसैको नियन्त्रणमा छैनन् । अझै पनि उनको राजनीतिक धरातल भारत हो । भारतीय स्वार्थ उनले त्याग्दैनन् । यस्तै पहिरनका मनुवाहरू मौकामा रुप फेर्छन् । ओलीको राष्ट्रवाद त्यही हो ।
सत्ता नपाएसम्म हो सीपी मैनालीको राष्ट्रवाद, सत्ता पाउँदा यीनले काठमाडौंका सार्वजनिक जमिन भूमाफियाबाट छूट दर्ता गराएर लुट्नु लुटेका हुन् । मालपोत कार्यालय डिल्लीबजारमा त्यो बेला चन्द्रमान श्रेष्ठ, नापीमा नारायण चौधरी खटाएर सीपीले नयाँ कृषि क्रान्तिको आयाम थप्दाका डम्बर श्रेष्ठ साक्षी हुन् । कम्युनिष्टहरूले राम्रो गर्न नसके चलिरहेको सभ्यता नबिगारे हुन्थ्यो । लोक संस्कृतिमाथिको प्रहार नगरे हुने हो । तर कम्युनिष्टहरूले शिक्षामा माफिया, मेडिकलमा माफिया, भूमिमा माफिया, जलजंगलमा माफियाकरण गराउन छाडेनन् । होली वाइनको चमक क्रिश्चियानीटीको हाउभाउ, ठगहरूको पुरस्कार खाने रहर, उच्चशिक्षा ग्रहण गर्न नपाएका १४ वर्ष गोलघरमा बसेको बताउने केपी ओलीलाई जाग्नु स्वाभाविक हो । खरिबको हत्या गराएर केपी ओली र उनको भारदारहरूले देशको राजश्व जति लुटे पनि भएको छ । हावाको बिजुली लोडसेडिङको आश हो । राधा ज्ञवाली जस्ता भ्रष्टले दैनिक १६ घण्टा लोडसेडिङ गराएर विद्युतकै चोरहरूको सेवा गरेका निर्णयले तत्कालिन एमालेलाई छोएको थिएन । सरकारको आलोचना कम गर्न २÷४ जना मन्त्री फेर्दैमा प्रवृत्ति सुध्रदैन । नियत सफा छैन भने देखिँदा शुद्ध हुने हो । भित्रभित्रै नीतिगत भ्रष्टाचारले नेताको रुप देखाउँछ । अहिले केपीका भारदारहरूले गरेको त्यही हो ।
हुँदा खानेहरू शुद्ध श्रमिक हुन् । हुने खाने केपी ओलीहरू कम्युनिष्ट पार्टीभित्रका सम्भ्रान्त हुन् । गुटले विगारेको नेकपाको नेतृत्वलाई सप्रने मौका अझै छ । एक हिउँदले जाडो जाँदैन । एक भेलले वर्षाद् हट्दैन । नेकपाले ग्रहण गर्ने विचार, सिद्धान्त, चिन्तन, शैली अहिले पदभ्रष्ट स्थितिमा पुगेकोछ । नेताहरूलाई जनताको कामभन्दा दामको चिन्ता छ । भ्रष्टाचारीको मुख हेर्दिन भन्ने केपी ओलीका भान्से र सहयात्रीहरू भ्रष्ट नै छन् । पानी जहाज र रेलको सपना लुटाहाहरूको कमाईको स्रोत बनेको छ । प्रधानमन्त्री पदमा केपी ओली रहनु र नरहनुको केही अर्थ छैन । सरकारले जनताप्रति दायित्व कति पुरा ग¥यो गरेन भन्ने सवाल प्रमुख हो ।
बालुवाटार काण्डका सभ्रान्तहरू अहिले जुर्मुराएका छन्, जसले गरिबको भलो गर्दैनन्, गुटको फाइदामा हिँड्छन् चुनावको घोषणापत्र लत्याउँछन् । पार्टीको सिद्धान्तलाई रहरको टोकरीमा फाल्छन् । सपनाको समृद्धि र विकासमाथि धु्रव शिवाकोटीहरूले मस्ती लुट्छन् । घनश्याम भट्टराईहरूले मेलम्चीमा लुटिरहेका छन् । नेकपाका नेताहरू आफू कति अहंकारी छन् भन्ने कुरा तिनले राष्ट्रिय मानवअधिकार आयोगलाई प्रधानमन्त्रीको दास, महान्यायाधिवक्ताको नियन्त्रणमा राख्नुले छर्लङ्ग पार्छ । पार्टी एकताको काम सरकारले कार्य योजना शुरु गर्ने आर्थिक वर्षलाई पर्खने अहंकारी घामटहरू पार्टीको नीति, कार्यक्रम, कार्ययोजनामा चल्दैनन् । भूमाफिया, तस्करी, भ्रष्टाचार, हत्या, हिंसा जस्ता विकृतिको अन्त्य होइन संरक्षण गर्ने अभियान यिनको छ । भारतीय पक्षले नेपाली सीमा मिच्दा मौन रहेबापत भारतले उपलब्ध गराउने वार्षिक रु १८÷२० करोड अनुदानबाट चलेको मदन भण्डारी फाउन्डेशनको मञ्चमा पार्टी एकता आर्थिक वर्षभित्र सक्ने कुरा जसरी प्रमको हैसियतबाट व्यक्त भयो । उनको नियोजित चरित्र यहीं झल्कन्छ । सरकार देशलाई आवश्यकता के हो चासो राख्दैन । राजधानीको फोहोर समयमा व्यवस्थापन गर्न नसक्ने, कृषकलाई उचित मूल्य तिरेर मल दिननसक्ने, कालो बजारमाथि प्रहार गर्न नसक्ने, सरकारले जनताको अपेक्षा कसरी पूरा गर्ला ? सरकारप्रति जनताले विश्वास गर्ने कुनै त्यस्तो स्थान छैन । जहाँ नेपालको संविधान, संघीयता, गणतन्त्र, समावेशीताको सिद्धान्तअनुसार सरकार पनि चलेको छैन । सरकारको नेतृत्व गरेको पार्टी नेकपा समेत चलेको छैन । पार्टीका वरिष्ठ नेताहरू प्रम एवं अध्यक्ष केपी ओलीको दम्बका अगाडि लुत्रुक्क भएका छन् ।