Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

पर्वत । कुश्मा नगरपालिका-९ ज्ञ्यादी बस्ने ७२ वर्षीय लक्ष्मी श्रेष्ठको घरमा जुवातास खेलिरहेका ४ जनालाई नगद २ लाख १७ हजार २ सय रुपैयाँ र १ बुक तास सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्वत कुश्मा नगरपालिका-९ बस्नेहरु ३७ वर्षीय दिनेश ढकाल र ३५ वर्षीय नवराज अधिकारी, सोही ठाउँ बस्ने सल्यान शारदा नगरपालिका-६ घर भएका ३८ वर्षीय उमाभक्त वस्नेत र पर्वत फलेवास नगरपालिका-३ शंकरपोखरी बस्ने ५० वर्षीय राम प्रसाद तिवारी रहेका छन् । साथै जुवाखालमै रहेका एक व्यक्ति हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार