Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोडियो नेकपासँग राजपाको सम्बन्ध

काठमाडौ । १० महिनाअघि टुटेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाबीचको सम्बन्ध पुनः जोडिएको छ । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले गत २०७५ साल फगुन २२ गते सरकारलाई दिएको समर्थन फिर्ता गलिएको थियो । त्यसयता राजपा नेकपाबीचको सम्बन्ध सुमधुर बन्न सकेको थिएन । समर्थन फिर्ता गर्नेवेला राजपाले संविधान संशाधन नगरेको, मधेस र थारुहट आन्दोलनका बन्दी रिहा र मुद्दा फिर्ता नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता गर्नुपरेको जनाएको थियो । त्यसयता पनि राजपाले संविधान संशाधनको एजेण्डालाई अघि सार्दै आएको छ । तर नेकपाले संविधान संशोेधन आवश्यकताका आधारमा गर्न सकिने जवाफ दिएपनि संशोधनको कुनै गृहकार्य गरेको छैन । राजपाको प्रतिस्पर्धी मानिएको अर्को दल समाजवादीलाई सरकारमै सामेल गराएको नेकपाले माघ ९ मा हुने राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ मा राजपासँग एकाएक सहकार्य गर्न पुगेपछि समाजवादीलाई चक्मा र राजपालाई (सरप्राइज) दिन सफल भएको टिप्पणी हुन थालेको छ । बुधबार नेकपा राजपाबीचको २ बुँदे सहमतिलाई समाजवादीले भने राजपाले दोहोरो चरित्र देखाएको टिप्पणी गरेको छ । यद्यपि चुनावको बेला दलहरुले ट्याक्टिकल रणनीति अपनाउनु सामान्य भएको उनले बताए । यता सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजपासँगको सहकार्यका सम्बन्धमा दुई अध्यक्षहरुको बीचमा कसरी र के आधारमा छलफल भएर सहमति भएको हो भन्ने आफूलाई विस्तृत जानकारी नभएको भन्दै यसबारे पार्टीमा छलफल भएपछि मात्रै प्रतिकृया दिने बताए ।