Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

जोन्सन एन्ड जोन्सनको कोभिड खोप असुरक्षित नै हो त ?

काठमाडौं । नेपालमा कामभन्दा हल्ला बढी हुन्छ । सबै जना विज्ञ बनेर अरुलाई सल्लाह दिन्छन् । अमेरिकाको औषधि नियामक निकाय (एफडिए) ले जोन्सन एन्ड जोन्सनको खोपले स्नायू प्रणाली सम्बन्धी गीयान बार्रे सिन्ड्रोमको जोखिम बढाउन सक्ने जानकारी दिएपछि यो खोप सुरक्षित नभएको हल्ला फैलिएको छ। तर अहिलेसम्म उपलब्ध प्रमाणले खोप र गीयान बार्रे सिन्ड्रोमको जोखिमबीच प्रत्यक्ष सम्बन्ध रहेको देखिएको छैन। अमेरिकाको औषधि नियामक निकायले यो रोग एकदमै बिरलै देखिने र यसको जोखिम भन्दा यो खोप लगाउँदा हुने फाइदा बढी हुने कुरामा जोड दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि यस बारेमा जानकार छ र आगामी दिनमा निगरानी अघि बढाउनेछ। जोन्सन एन्ड जोन्सनको खोप लगाउँदा हुने सम्भावित जोखिमभन्दा यसले कोभिड(१९ विरुद्ध दिने लाभ बढी रहेको छ। त्यसैले यस्ता हल्लाहरुको प्रभावमा नपरि निस्सङ्कोच तोकिएको मिति र स्थानमा गई आफ्नो पालो अनुसार खोप लगाऔं।

यसो भन्छ मन्त्रालय


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल