Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । ज्योति विकास बैंकले सेयर धितो कर्जामा नयाँ स्किम ल्याएको छ । बैंकले सेयर बजारमा लगानी, बढ्छ अब आम्दानी स्किम ल्याएको जानकारी दिएको छ ।
बैंकले प्रवाह गर्ने उक्त सेयर धितो कर्जा आधार दरमा १ प्रतिशत मात्रै प्रिमियम जोडर ब्याजदर निर्धारण गर्ने बताएको छ । हाल बैंकको आधार दर ११ प्रतिशत रहेको छ । सो आधारमा दरमा १ प्रतिशत प्रिमियम जोडेर १२ प्रतिशत मै सेयर कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
बैंकका अनुसार हाल ५० लाख रुपैयाँसम्म सेयर कर्जा प्रदान गरिरहेको छ । छिटो, सहज र सजिलो सेयर कर्जा मार्फत् सेयर बजारमा लगानी गर्न बैंकले लगानी कर्तालाई अनुरोध गरेको छ ।
उक्त सेयर कर्जा बैंकका जुनसुकै शाखा कार्यालयमा सहज रुपमा उपलब्ध गराइरहेको जनाईएको छ । कति रकम ऋण लिने हो सो रकम उल्लेख गरी आवेदन फाराम भर्न सक्ने बैंकले जनाएको छ । कर्जा लिनका लागि आम्दानीको स्रोत खुलाउनु पर्ने जनाईएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल