Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

झोलामा टाउको बोकेर प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । सामान्य विवादले पनि ज्याने लिन्नेसम्मको अपराध हुने गर्दछ । धादिङमा एक युवकले ६५ वर्षीय पुरूषको हत्या गरी प्रहरीसमक्ष टाउको बुझाएर आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार हत्या बिहीबार राति करिब साढे १० बजे निलकण्ठ नगरपालिका १३ खलचेत भन्ने ठाँउमा भएको थियो। उनका अनुसार २६ वर्षीय राजु परियारले खुल्ला स्थानमा ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेको हो। हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो विवाद नभइ आवेगका आएर हत्या गरेका हुन्। बाँकी शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले बताए। ती दुबै जना एउटै टोलका बासिन्दा थिए।