Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टिच फर नेपाललाई सानिमा बैंकको आर्थिक सहयोग

काठमाडांै । सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ । शैक्षिक क्षेत्रमा थप टेवा पु¥याउने हेतुले बैंकले टिच फर नेपाललाई विगत ७ वर्षदेखि प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिएको हो । नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ संचालन भएको यस संस्थाको तर्फबाट हाल १३८ जना शिक्षकहरु विभिन्न ७ जिल्लाका ६४ सामुदायिक विद्यालयहरुमा कार्यरत रहेका छन् भने १०,००० भन्दा बढी विद्यार्थीहरुमा सो संस्थाबाट प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । सानिमा बैंकको प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सानिमा बैंकले विगत ८ वर्षदेखि सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । सानिमा बैंकले देशका सातवटै प्रदेशमा ७९ वटा शाखा, ९ एक्सटेन्सन काउन्टर र ८१ वटा एटिएम मार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।