Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

टोखाको खाजा घरमा बेश्यावृत्ति

काठमाडौं । काठमाडौंको टोखास्थित एक खाजा घर सञ्चालन गरी कोठासमेत भाडामा लिएर बालिकालाई बेश्यावृत्तिमा लगाउने गरेको फेला पारेको छ ।

प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका अनुसार उक्त आपराधिक कार्यक्रम संलग्न रहेको आरोपमा इलाम घर भई काठमाडौँको टोखा बस्ने चिनिमाया लिम्बूलाई पक्राउ गरी शुक्रबार अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको छ ।

अरोपी लिम्बूले आउने ग्राहकसँग रु एक हजार लिने गरेको र प्राप्त रकम आफैँले नै राखेर बालिकालाई जबर्जस्ती बेश्यावृत्तिमा लगाउने गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक धमलाले जानकारी दिए।

पैैसा लिई वा नलिइ बेश्यावृत्तिमा लगाएमा मानव बेचबिखन गरेको मानिने कानुनी व्यवस्था छ । उक्त विषयमा कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की दिई बालिकालाई बन्धक बनाएर राखेको अवस्थामा ब्युरोको टोलीले उद्धार गरेको थियो ।