Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ट्रकमा आएकी महिला बलात्कार गर्ने सहचालक पक्राउ

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका थानकोटबाट २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गौरीगन्ज गाउँपालिका-१ घर भएका २५ वर्षीय कृष्ण मुर्मु सतारलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । धादिङबाट ना. ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौं आउने क्रममा ती महिलालाई सोही ट्रकका सहचालक सतारले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देही, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मर्चवारी गाउँपालिका-७ श्रीरामपुर बस्ने राजेश चौहानलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । चौहानले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार