Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सुशासन र भ्रष्टाचार विरोधी कुरा गर्ने रवि लामिछानेले कति अनियमितता रोके होला, कतिको जीवन बचाए होलान् त्यो उनकै भाषामा भन्नुपर्दा उनको मुलुकप्रतिको दायित्व थियो । उनले पर्दामा देखाएको सदाचार पर्दा भित्र पनि देखाएको भए उनको प्रगति यो गतिमा हुने थियो भन्न पक्कै नसकिएला । न्युज ट्वान्टीफोरमा एउटा कार्यक्रम चलाएर देशै हाँकेजस्तो चेतावनी दिने रविले न्युज ट्वान्टीफोर छाडेर आफ्नै टिभी सञ्चालन गर्दा उनले समातेका मान्छे देखेपछि उनको सदाचार स्खलित भएको छ । कुनै बेला देशै समृद्ध बनाउने चित्र देखाएर मानिस ठग्ने युनिटी नेटवर्किङ ठगीको पैसा रविले सञ्चालन गरेको ग्यालेक्सी फोर के टिभीमा लगानी भएको पाइएको छ । गत मंगलबार नक्सालको होटल म्यारियटबाट शुभारम्भ गरिएको ग्यालेक्सी टिभीमा रवि लामिछाने प्रबन्ध निर्देशक छन् । सो टिभीका अध्यक्ष जेबी राई हुन् । राई ति व्यक्ति हुन् जो युनिटी नामक नेटवर्किङ संस्थाबाट लाखौं नेपालीको करोडौं कुम्ल्याएर बेपत्ता भएका थिए । हङकङ, दुवई पुगेर लुकेका गुरुङ युनिटीका अध्यक्ष काशी गुरुङ र प्रबन्ध निर्देशक विष्णु क्षेत्रीको मुद्दा टुंगिएपछि मात्रै उनी फेरि नेपाली नागरिक ठग्ने अर्को योजना लिएर नेपाल छिरेका थिए । देश बाहिरै हुँदा आफूविरुद्धका उजुरी सेटिङमा सामसुम बनाएका राई नेपाल छिरेपछि एपी वान टेलिभिजनमा पनि लगानी गरेका थिए । तर आफूभन्दा चलाख रामेश्वर थापासँग केही नलाग्ने देखेपछि राई त्यहाँबाट बाहिरिएका थिए । सरकारले अवैध भने पनि गुरुङले अहिले पनि भित्रभित्रै नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
युनिटीबाट करोडौं कुम्ल्याएका राईको समूहले चर्कै स्वर निकाल्ने रवि लामिछानेलाई राम्रैसँग प्रयोग गर्न सकिने अड्कलका साथ लगानी गरेको बताइन्छ । आफू भ्रष्टाचार विरोधी भनेर खुलमखुला चुनौती दिने लामिछाने यस्ता लुटाहाको लगानीमा खुलेको टेलिभिजनबाट कसरी समृद्धि र सुशासनका कुरा गर्न सक्लान् ? यहाँ बसेर भ्रष्टाचारको विरोध गर्दा रविको शिर ठाडो होला त ? रविले आफूलाई ४ करोड प्रिमियम रकम र १५ प्रतिशत शेयर मात्रै दिइएको र मासिक तलब ४ लाख रुपैया तोकिएको बताइन्छ । पाँच जना लगानीकर्ता रहेको उक्त टेलिभिजनमा राईकै चरित्र भएका लुटाहा सुन तस्कर छविलाल जोशी पनि सञ्चालन रहेको छन् । जेबी राईले सुन तस्कर जोशीको समूहलाई भित्र्याएपछि जग्गा दलाल समूह कालु गुरुङ कुम्लो कुटुरो बोकेर बाहिरएको थियो । सो टेलिभिजनमा हाल २० करोड रुपैयाँ लगानी भएको बताइन्छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ६
ताजा नेपाल