Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठाडाले पुरस्कार पाउँदा यी भतुक्कै

काठमाण्डौ । अर्धसैनिक दल शसस्त्र प्रहरीले सिमा सुरक्षा विभाग खडा गर्दैछ । सिमा क्षेत्रको अधिकार पाएको शसस्त्रले ३५ हजार जनशक्तिमा १ एआईजी पद थप माग्नुमा अनौठो होइन । नेपाल प्रहरीमा ३ जना थपिँदा शसस्त्रमा १ एआईजी थप हुनु नौलो थिएन । गृहले आन्तरिक अनुसन्धान पनि नगरेको होइन । माघ २५ गते घर जाने स्थितिमा रहेका खड्ग राई र मन्दिप श्रेष्ठ पहिले पनि डिआईजीमै म्याद थप भएका पात्र हुन् ।
गृहले यीनको कार्यकाल थप्ने अवस्था छैन । तर हाकिमहरू जागरुक हुदैनथे भने स्थिति बिग्रिसक्थ्यो । शसस्त्रमा एआईजी पुष्पराम केसी, रामशरण पौडेल छन् । केसी प्रतिष्ठानमा पौडेल प्रशासन तथा कार्यविभागमा छन् । त्यहाँ पौडेल प्रशासनमा आएपछि सरुवा बढुवा खुलेको हो । त्यहाँ सीमा विभागलाई एआईजी थप भयो भने बढुवाका लागि नारायणदत्त पौडेल र राजु अर्यालको प्रतिस्पर्धा हुन्छ । अर्याल प्रवक्ता छन् पौडेल प्रशासनमा छन् । अर्याललाई प्रकाशमानसिंहका दाहिने हात काँग्रेसी सांसद राजन केसीले बोकेका छन् भने पौडेललाई काँग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला बासी हुनु कै कारण सघाउने आधार हुन सक्छ ।
२१ दिने आईजीपी पुष्पराम केसीको अवकाससँगै रामशरण पौडेल पनि जान्छन् । त्यो बेला हाल चर्चामा रहेको १ एआईजी थप भएन भने पनि नारायणदत्त पौडेलको पल्लाभारी हुने देखिन्छ । शसस्त्रले डिआईजीबाट एक्कासी आईजीपी हुने कानून पाएको छैन । संगठनको वार्षिक कार्यक्रममा आइजीपी शैलेन्द्र खनालले जानेबेलामा नक्कली बुहारीको नौ तुना गाँसलाई झल्को दिएका छन् । उनले कल्याणकोषको खर्चले कर्णालीमा विद्यालय, सुदूरपश्चिममा अस्पताल स्थापना गर्ने घोषणा गर्दा त्यो पत्यारलाग्दो छैन । फौजी समूहको वार्षिक कार्यक्रममा आईजीपीले घोषणा गरेका कार्यक्रमलाई उनी पछिको पुस्ताले निरन्तरता देला भन्ने आश हुन्छ । किनकी र्फाेसभित्र चेन अफ कमाण्ड निकै मान्दछन् । शसस्त्रले सेनासँग लिएको एपिएस मिसनका लागि उपयुक्त हो । तर सुडान बाहेक अनेत्र शसस्त्रको शान्ती मिसन छैन । तर देशभित्र देवी प्रकोप भवितब्यमा परेकाहरूको उद्दारमा राम्रो छाप पारेको छ । संगठनमा दरवन्दी दिएपनि भर्ति खुलाउने काम खनालले सम्पन्न नगरी जाँदैछन् ।
सरकारले सीमा सुरक्षा कुटनैतिक क्षेत्र र राजनीतिक नेतृत्वको सुरक्षाका लागि शसस्त्र खटाउँछ । सीमा तस्करी नियन्त्रणमा शसस्त्र सक्रिय छ । त्यही सक्रियताले छिन्नामस्त गणका गणपति डिआईजी गणेश ठाडा मगर पुरस्कृत हुँदा भ्रष्टहरू रन्थनिए । गत वर्ष त्यो पुरस्कार प्रदेश १ का वंशी दाहालले लगेका थिए । सिपी गौतम नामका डिआईजीले आँफू प्रदेश २ को कमाण्ड गर्दा कुम्ल्याउन घुमुवा रहित प्रदेश बनाएको हल्ला चलाए । आलु–प्याज पक्रिए छोडा, काजु, सुपारी, मरिचको तस्करी गराएर लुट मच्चाउँदा प्रदेश २ बदनाम थियो । अहिले त्यो ठाउँ पुरस्कृत हुँदा गौतमले आफैंले थालेको तस्करी मौलाएको आरोप लगाएर हलचोकाबाट प्रचार गराएका छन् ।