Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ठूलाकै छ प्रहरीमा सान

काठमाण्डौ । खान्न खान्न लोकाचार, खान लाग्यो मानाचार भन्छन् । त्यही पारा त्यही ताल छ नेपाल प्रहरीमा । गृहमन्त्री बालकृष्ण खाँडले सरुवाको त के कुरा बढुवाको प्रक्रिया पनि थालेनन् । आईजीपी, एआईजीपीले गृहमन्त्रीलाई बुझाउन नसकेका हुन् कि आँफू जहाँ छु ठिक छु अरुलाई जे सुकै होस् भनेका हुन् भने प्रक्रिया पनि थालेनन् । समय पुगेका डिआईजीहरू सरुवा भए । जिल्ला इन्चार्जहरू कति त विवादीत छन् ? अधिकृत स्तरको सरुवा गर्ने तयारी हुँदैछ । चाडपर्वका बेला सीमा नाकामा तस्करी बढ्छ । यही मौका छोपेर उठाउन प्रहरीहरू लागेका छन् । दाङ, कपिलवस्तु, रूपन्देही, बाँके, बर्दिया जस्ता लुम्बीनी प्रदेशका जिल्लामा प्रहरीले नाका खोलेर तस्कर पालेका खबर एकाएक आएका छन् । गृहमन्त्रीसँग जोडिएका निरिक्षक, डिएसपी र एसपीहरूले मौकाको फाईदा लिएका पनि छन् कमाएका पनि छन् । प्रदेश २ का उमेश रन्जितकार त विवादमा परेका छन् । प्रहरीले लुट्नै पर्छ वर्दीले त्यही भन्छ ।
कमाइ गरेका पनि केन्द्रमा बुझाएका पनि छन् । प्रशासनिक प्रमुख एआइजी विश्व पोखरेलले सरुवा छिटै हुने बताएका छन् । प्रशासन र प्रबन्धमा बसेर मस्ती गर्नेलाई आईजीपी जो सुकै होस् चासो छैन । लेखा समूहका निरिक्षकहरू सकेसम्म ठूलो बजेट भएका ठाउँमा जान भनसुनमा छन् । तालिम केन्द्रका लेखा प्रमुखहरूको दौडधुप उस्तै छ । डिएसपी, निरिक्षकदेखि सई र असईसम्मको सरुवा यही बेला हो । राजधानीका तीन जिल्लाका एसएसपीहरू सरुवाको दिन गन्दै छन् । चाडपर्वको सूरक्षा योजना पनि प्रहरीले ल्याएको छ । धनाबस्ती, बसपार्क, सपिङ्गमलहरूमा जनताको भिड बढेको छ । पेट्रोल पम्पमा बसेर करोडौ झ्याप पार्ने अधिकृत भन्दा तल्लो प्रहरीको साहास निकै हुन्छ भने सामान सप्लाइ गर्ने ठेकदारसँग मिलेर भण्डारमा दाखेला नभएको सामान बुझेको कागज बनाएर प्रबन्धबाट भुत्तानी लिने माथि कारबाही भएको सुन्नु परेको छैन । ठूलाको सान सबैको हुन्छ प्रहरीमा बढी सान ठूलाकै हुन्छ । आईजीपी शैलेश थापाको समय धेरै छैन तर उनको कार्यकाल संगठनको हितमा पनि छैन ।
प्रहरीको बृद्दि विकासका लागि वर्तमान सरकारलाई चासो छैन । ओली सरकारका नालायक गृहमन्त्री रामबहादुर थापा जस्ता विवेकहिनसँग ४१ महिना बिताएको त्यो प्रहरीलाई समय अनुकुल बनाउने काम लोकतन्त्रमा पनि भएन । काँग्रेस र एमालेले प्रहरीलाई आफ्नै पार्टीको भातृ संगठन बनाए । गुप्तचरबाट जबर्जस्त भिœयाएका १३ जना कमाण्डरहरू जहाँ जान्छन् त्यहाँ लुटेराकै परिचय बनाउँदाको अवस्थामा समेत त्यस्तामाथि प्रहरीलाई कारबाही गरेको रेकर्ड छैन । माओवादीका गृहमन्त्रीहरूले हो वरिष्ठता नमिचेको । सोर्सफोर्सको गुन्जायस थिएन । रामबहादुर थापा माटाको मक्कल नै बने । अहिलेका गृहमन्त्री बालकृष्ण खाँडले नै प्रहरीको सरुवा रोकेका हुन् । आफ्नो निर्णयले कहाँ असर गर्छ भन्ने ज्ञान नभएका मक्कलहरू राजनीतिमा किन क्रेन लगाएर ल्याइन्छ भन्ने कुरा छर्लङ्ग छ । दाम झार्ने भ्रष्टाचार गर्ने, कमशल सामान भिडाएर गुणस्तरीय सामानको बिल बनाएर हजम गर्ने बहादुरहरू धेरै छन् ।